Tuesday 18th August 2026

लोक स्टारको TOP-12 मा अर्घाखाँचीका शुशिल आचार्य


तितोपाटी-AP1 HD बाट प्रसारण हुने नेपाल लोक स्टारको TOP-12 मा पुगेका अर्घाखाँचीका शुशिल आचार्यले भोट गर्न अपिल गरेका छन । हजारौंलाई उछिन्दै TOP-12 मा सफल भएका गायक आचार्यले अब भोटले मात्र आफुलाई जिताउन सक्ने भन्दै सम्पुर्ण अर्घाखाँचीवासी लगायत देशैभरबाट आफुलाई भोट गर्न आग्रह गरेका हुन । विभिन्न विधाका सांगितिक प्रतिस्पर्धा हुने गरेका भएपनी लोकविधा तर्फ भने आईडल हुन लागेको यो पहिलो पटक हो । सुरुवाती चरणमा बुटवलमा सम्पन्न भएको नेपाल लोक स्टारको मेघा अडिसनमा अर्घाखाँचीको शितगंगाका गायक सुशिल आचार्य शिर्ष २५ मा छनोट भएका थिए । १ सय १७ जनाको समुहबाट शिर्ष २५ मा छनोट हुन सफल गायक आचार्य अहिले TOP-12 मा पुग्न सफल भएका छन् ।

गायक आचार्यले विगत ५ बर्ष देखि सांगितिक क्षेत्रमा संघर्ष गर्दै आएका छन । अर्घाखाँचीको शितगंगा-६, चिसापानी जन्मघर भएका आचार्य हाल बुटवल बस्छन । आधुनिक गीतमा विशेष चाँसो र रुची भएका उनी लोक गीतमा समेत अब्बल रहेको प्रमाणीत गरिसकेका छन । सुमधुर स्वरका धनी उनी विभिन्न मेला महोत्सवमा हुने प्रतियोगीतामा पनि प्रथम स्थान हासिल गर्न सफल भैसकेका छन । कठोर परिश्रम र संघर्ष गरेर यो स्थान सम्म आएको उनले बताएका छन ।

आचार्यले अब भोटिङ्गले मात्र अर्थ राख्ने भएकाले सम्पुर्ण अर्घाखाँचीवासी लगायत लोकगितप्रेमी महानुभावले भोटिङ्ग गरिदिनुहुन आग्रह गरेका छन । ‘सकेजती भोट गरेर अर्घाखाँचीको ठिटोलाई जिताउन मद्दत गर्नुहोला, उनले भने ‘भोट गर्न को लागि मोबाईलको Message Box मा गएर L लेखेर एउटा स्पेस छोडेर 03 लेखेर 37000 मा पठाउनु होला ।’कार्यक्रम प्रत्येक साताको विहिवार र शुक्रवार राती साढे आठ बजेबाट AP1 HD बाट प्रसारण हुने गर्दछ ।

साभार देउराली दैनिक डटकम


सम्बन्धित शीर्षकहरु

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सोमबार सहमति भएपछि व्यवसायीहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम…

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। सोमबार शीतल निवासमा आयोजित…

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

प्रतिकृयाहरू
...