Tuesday 6th October 2026

पीएचडी’ पढाउँदै बाबुराम


तितोपाटी- पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा। बाबुराम भट्टराई शनिबार बिहान ‘लेक्चर’ भूमिकामा थिए। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर उनले विद्यार्थीलाई लेक्चर दिएका हुन्, भलै उनले यसलाई ‘छलफल’ भनेर बताएका छन।

त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई ‘नेपालको अर्थ राजनीतिको दिशा’ शीर्षकमा बाबुरामले छलफल गरेका हुन्। भट्टराईको ‘प्रिजेन्टेसन’ मा विकास र समृद्धिको अवधारणा, नेपालको उत्पादन प्रणालीको चारित्र, गाउँ सरहको विभेदीकरण, आर्थिक क्रान्तिको मार्गचित्र लगायतका विषयमा उनले विद्यार्थीलाई पढाएका थिए।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रतिकृयाहरू
...