तितोपाटी – कुवेतमा फेरी अर्को एक नेपाली कामदारको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार करिब १५ महिना अघि कुवेत आएका पुर्वी रूकुमको कोल – ६ पद्मी गाउँका २७ वर्षीय जवारलाल बुढा मगरको अस्ति १४ जुलाइ २०१९ अाइतबारको दिन हृदयघातको कारण मृत्यु भएको हो ।
हिस्को कम्पनीमा कार्यरत उनी रात्रीकालिन डिउटी सकेर कम्पनीको क्याम्पमा आएपछि खाना खाएर विस्तारामा सुतेकोमा विस्तारामै उनको मृत्यु भएको कुरा सोही कम्पनीमा कार्यरत मिलन श्रेष्ठले तितोपाटी डट कम लाइ जानकारी दिए ।
उक्त घटनाको सम्बन्धमा नेपाली दूतावास कुवेतलाइ जानकारी गराइ सकिएको र दूतावासले विस्तृत विवरण प्राप्त भएपछि कागजी प्रकृया पुरा गरि छिट्टै शब नेपाल पठाउने जनाएको छ ।
स्मरण रहोस, जुलाइ महिनाको २ हप्ताको दर्वियानमा मात्रै कुवेतमा कार्यरत ६ जना नेपालीको विभिन्न कारणले ज्यान गैसकेको छ ।