Monday 4th May 2026

सन्तोष श्रेष्ठको लिबियास्थित आक्रमणमा परि मृत्यु


तितोपाटी- लिबियाको राजधानी त्रिपोली नजिकै एउटा थुनुवा केन्द्रमा गरिएको बम बिस्फोटमा परी एक नेपालीको ज्यान गएको छ । मंगलबार राती भएको बिस्फोटमा २७ वर्षीय सन्तोष श्रेष्ठको ज्यान गएको हो । यसबारे इजिप्टको कारयोमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । श्रेष्ठ युरोपेली मुलुक इटालीका लागि हिँडेको तर मानव तस्करको चङ्गुलमा परेर युद्धग्रस्त अफ्रिकी देश लिबियामा पुगेको बताइएको छ ।आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ ।

यही असार १७ गते उक्त आक्रमण भएको र नेपाली मृतकका बारेमा थप विवरण प्राप्त नभएको उक्त दूतावासले बताएको छ ।त्रिपोलीमा रहेका श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो ।यसअघि आठ जना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको र अझै छ जना नेपाली आइओएमको शिविर त्रिपोलीमा रहेको तथा उनीहरुलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले आज एक विज्ञप्ति जारी गरेर बताएको छ ।

त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ ।४० जनाभन्दा बढी आप्रवासीको ज्यान जाने गरी गरिएको हमला युद्ध अपराध हुनसक्ने राष्ट्रसंघका एक अधिकारीले बताएका छन् ।घटनामा एक सय ३० जनाभन्दा बढी घाइते भएका छन् । ६ सयजना आप्रवासी बस्दै आएको तजौरा थुनुवा केन्द्र आक्रमणमा परेको हो ।

थुनुवा केन्द्रलाई सरकारी पक्षबाट घेरा हालिएको जनरल हफ्तारको फौजले आरोप लगाएका छन् । लिबियाली स्वास्थ्य मन्त्रालयका एक अधिकारी डा. खालिद बिन आतियाले हमलापछि शवहरु छरिएको देखिएको बताए ।उनले भने, ‘हमलापछि बिजुली गयो । हामीले राम्ररी हेर्न सकिरहेका थिएनौं तर एम्बुलेन्स आएपछि स्थिती भयावह देखियो, यत्रतत्र रगत देखिन्थ्यो । केही शवहरु टुक्रा–टुक्रा भएका थिए ।

-साभार रातोपाटी


सम्बन्धित शीर्षकहरु

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

तस्बिरमा रहेको विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्ले स्वीकृत गरी प्रमाणीकरणका लागि पठाएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)…

प्रतिकृयाहरू
...