Sunday 12th May 2024

दर्शन ठकुरी समाज कुवेतद्वारा बाँकेका मृगौला पिडित आर्थिक सहयोग


तितोपाटी- दर्शन ठकुरी समाज कुवेतले मृगौला पिडित हेमन्त सिंह लाई आर्थिक सहयोग गरेको छ।मृगौला पिडित बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगर निवासी हेमन्त सिंह ठकुरी लाई दर्शन ठकुरी समाज कुवेतले रु २२ ,००० ( बाइस हजार ) नगद सहयोग गरेको हो । आर्थिक अवस्था कमजोर भएका सिंह गत फाल्गुन महिनादेखि ओछ्यानमै थला परेको विभिन्न अनलाईन मिडिया मार्फत जानकारी आए पछी उपचारको लागी आर्थिक सहयोग गरेको समाजका अध्यक्ष एल बि हमालले जानकारी दिएका छन् ।

उक्त सहयोग रकम सँस्थाकी सदस्य कविता शाहीले उपचार गराई राखेको अस्पताल मै गत आइतबार पिडित सिंह लाई हस्तान्तरण गरिएको हमालले बताए ।

श्रोतका अनुसार २८ वर्षीया हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका र उनको शरीरमा अहिले हाड र छाला बाहेक अरु केही छैन । उनको परिवारमा अहिले आमा, बुवा र उनकी श्रीमती छ्न। कृयाशिल सँस्था दर्शन ठकुरी समाज कुवेतले स्थापनाकाल देखीनै दु:ख मा परेका नेपाली लाई सक्दो सहयोग गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-रुस र युक्रेनबीच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिलेको अवस्थामा यो युद्ध अन्त्य हुने सम्भावना देखिँदैन ।…

कुवेत – “भाषा,संस्कार, सांस्कृतिको संरक्षण, किराती हरुको साझा अभियान” भन्ने मुल नाराका साथ सबै किरातीहरु एकताको सुत्र भित्र बाधिनु पर्छ।…

सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ।…

प्रतिकृयाहरू
...