Monday 29th April 2024

गायक शम्भु राइ र प्रकाश सपुत विचको विवाद मिल्यो, भयो लिखित सहमति


तितोपाटी – लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । पछिल्लो समय लोकप्रियतासँगै विवादमा परेकाे ‘गलबन्दी’ गीतका प्रकाश सपुत र शम्भु राईबीच लिखित सहमति भएको छ। उक्त गीतको भिडियोमा राईलाई क्रेडिट दिने र सपुतले आर्थिक पाउने गरी बुधबार भएको सहमति हो।

‘गलबन्दी’ले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिपत्रमा उल्लेख गरिएको छ। राई र सपुत दुबैले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको उल्लेख छ।दुवै पक्षबीच भएको सहमतिपछि गलबन्दीको विवाद मिलेको छ ।

गलबन्दी गीतले चर्चा पाउन थालेपछि सपुतले राईको गीत चोरि गरेको भन्दै आलोचना हुँदै आएको थियो। सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो । सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ ।

लिखित सहमति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

एजेन्सी । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका…

कुवेत/नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो 31 मे 2024 शूक्रबार को दिन नेपालबाट आमन्त्रित ख्यातिप्राप्त अथिति…

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले आजबाट तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच…

प्रतिकृयाहरू
...