Sunday 19th April 2026

रामेछापमा वैदेशिक रोजगारी सम्बन्धी सचेतना जगाउँदै ‘गन्धर्व गीति यात्रा कार्यक्रम’


तितोपाटी – यतिखेर रामेछाप जिल्लामा वैदेशिक रोजगारीमा जान लागेका युवा र वैदेशिक रोजगारीमा गएकाहरुका परिवारलाई सचेतना दिने उदेश्यले गीति अभियान सञ्चालन गरिएको छ। रामेछाप जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत स्थानीय तहको आर्थिक साझेदारी र चारघरे सेवा समितिको सहजीकरणमा गन्धर्व गीति कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा ‘कतार गए, साउदी गए, गए लाहुर भोट, कहीँ पनि भेटिएन धन फल्ने बोट, ए आमा मिठो खाने राम्रो लाउने आशले‍…’ बोलको गीतले रामेछापका गाउँबस्ती तताउन थालेको छ । अहिले रामेछापका गाउँबस्तीमा याे गीत गुञ्जिरहेकाे छ ।

‘द भ्वाईस अफ नेपाल’का स्टार तथा सारंगी वादक तेजिन्द्र गन्धर्व र उनका भाइ हिमाल सागर गन्धर्वले रामेछाप जिल्लाको उत्तरीे गाउँपालिका उमाकुण्ड १, गुम्देलबाट गीति कार्यक्रमको थालनी गरेका छन् । गीति कार्यक्रमले समुदायमा राम्रो प्रभाव पार्ने भएकाले वडाबाट समेत बजेट बिनियोजन गरी कार्यक्रम गरिने भएका छन् । रामेछाप जिल्लामा चालू आ.व २०७५/०७६ मा सामी/हेल्भेटासको प्राविधिक सहयोग तथा मन्थली नगरपालिका, दोरम्बा गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिाकाको ६/६ लाख रुपैयाँको आर्थिक साझेदारीतामा चारघरे सेवा समितिले सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिरहेको छ ।

गीति कार्यक्रममा नबुझी विदेश जानु हुँदैन, विदेश जाँदा तयार गरिएको कागजपत्रको प्रतिलिपि घरपरिवारमा छोडेर जानुपर्ने कुरालाई जोड दिने गरिएको छ । त्यस्तै विदेशमा धन फल्ने बोट नहुने हुँदा स्वदेशमा नै रोजगारी गर्नको लागि प्रोत्साहित गर्नको लागि पनि सो कार्यक्रम गरेको बुझिएको छ ।

विद्यार्थीहरुलाई अभिमुखीकरण

गीति कार्यक्रमँंगै विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पनि विद्यालय अअभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा ८ को पेशा व्यवसाय र कक्षा १० को सामाजिक किताबमा समावेश गरिएको वैदेशिक रोजगारी भन्ने पाठ अनुसार पाठ्यक्रम अनुसार विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ ।

उमाकुण्ड गाउँपालिका १, गुम्देलको महालंगुर मा.वि.को कक्षा ८, ९ र १० मा अध्ययन गर्ने ६२ जना छात्र छात्रालाई अभिमुखीकरण गरिएको छ । अभिमुखीकरण कार्यक्रममा आप्रवासी स्रोत केन्द्र मार्फत दिइने सेवा, निःशुल्क सिप तालिम जस्ता विषय समावेश गरिएको छ । विद्यालय अभिमुखिकरण कार्यक्रम उमाकुण्ड गाउँपालिकाको महालंगुर, सिद्धेश्वर मा.वि बाम्ती, गोकुलगंगा गाउँपालिकाको शारदा मा.वि र गोकुलगंगा मा.वि मा सञ्चालन गरिने कार्यक्रम संयोजक बस्नेतले जानकारी दिनु भएको छ ।

-उज्यालोअनलाइनबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र…

मध्यपूर्वको तनावपूर्ण अवस्थाबीच इरान ले आफ्नो हवाई क्षेत्र पुनः खोल्दै विमानस्थलहरू क्रमशः सञ्चालनमा ल्याउन थालेको छ। केही दिनअघिसम्म सुरक्षा जोखिमका…

इरानले Strait of Hormuz हुँदै जाने व्यावसायिक जहाजहरूको आवतजावत खुला गर्ने घोषणा गरेको छ। यो निर्णय लेबनानसँग सम्बन्धित युद्धविराम अवधिसम्म…

प्रतिकृयाहरू
...