Saturday 6th June 2026

दिपक प्रसाद ओलीको रचनामा रहेको “ए माया” बजारमा (हेर्नुहोस-भिडियो सहित )


तितोपाटी- प्रवासमा रहेर पनि नेपालि लोकसंगीतलाइ अत्यन्तै माया गर्ने र इजरायलमा रहेका बिभिन्न संघ संस्थाहरुले गर्ने कार्यक्रमका स्टेजहरुमा आफुले गित गुनगुनाउँन मन पराउने दिपक प्रसाद ओलीले अत्यन्तै मार्मिक शब्दले सजिएको “ए माया”गीति एल्बम बजारमा सार्वजनिक गरेका छन्।

बिगत १२ बर्ष अघि देखि प्रवासी भुमि इजरायललाइ आफ्नो कर्म थलो बनाउदै आएका झापाका समाजसेवी, निष्ठावान ,कर्मठ,निडर ब्याक्तित्व ” दिपक प्रसाद ओलीको”आफ्नै रचनामा र चर्चित गायक हिमाल सागरको स्वरमा रहेको “ए माया”बाेलकाे गीति एल्बम “The Divine Music”को युट्युब च्यानल मार्फत बजारमा सार्वजनिक गरेका छन् ।

“The Divine Music”को युट्युब मार्फत सार्वजनिक गरिएकाे यस गीतको म्युजिक भिडियाेमा चर्चित कलाकार/मोडेल बर्षा राउत, पुर्ण बिक्रम शाह (पल) काे अभिनय रहेको छ ।

अर्जुन पाेख्रेलको सँगितमा रहेको यस “ए माया”गीति एल्बममा निकेश खड्काले निर्देशन गरेका छन् भने बुद्ध थापाले छायाँकन र बिकास धमलाले म्युजिक भिडियोको सम्पादन गरेका छन ।

को हुन दिपक प्रसाद ओली 

बैदेशिक रोजगारीका लागी प्रवासी भुमि इजरायललाई कर्मभूमि बनाउदै २००७ मा इजरायल प्रबेश गरेका झापाका समाजसेवी, निष्ठावान ,कर्मठ,निडर ब्याक्तित्व ” “दिपक प्रसाद ओली” नेपालमा रहदाँ पनि केही टेलीफिल्म र नेपालि सिनेमामा अभिनय गरेका उनि इजरायल प्रबेश गरे सँगै इजरायलमा कार्यरत नेपालीहरूको सहयोग र साथका लागी नेपाली कामदार सहयोगी मंचको स्थापना गरि बिभिन्न सहयाेग र मनाेरञ्जनका कार्यक्रम गर्दै अगाडी बढेका ओलीले गैर आवासीय नेपाली संघ इजरायलमा अध्यक्ष लगायत सल्लाकार, सरक्षंककाे भुमीकामा सफलता पुर्वक काम गरिसकेका छन् भने केहि बर्ष अघी विश्वब्यापी रुपमा स्थापना भएको अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष रहेका ओलीको यो पहिलो पहिलाे रचना हाे ।

ओलीले आफु रोजगारीको शिलशिलामा प्रवासी भूमिमा रेहता पनि नेपालि लोकसङ्गीत क्षेत्रको जगेर्ना गनर्को लागि यसै गरि निरन्तरता दिएर अघाडी बढ्ने जनाएका छन्


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा महाबुल्लास्थित सुपर क्लिनिकमा आयोजित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक…

विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता राष्ट्र भारत अहिले आफ्नो ऊर्जा सुरक्षालाई थप मजबुत बनाउन नयाँ साझेदारहरूको खोजीमा छ। मध्यपूर्वमा…

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

प्रतिकृयाहरू
...