Sunday 28th April 2024

‘दाल भात तरकारी’को टाईटल गीत रिलिज, (भिडियो सहित)


तीतोपाटी-फिल्म ‘दालभात तरकारी’को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौं एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिकसँगै फिल्मको प्रर्दशनी मिति हेरफेर गरिएको छ । पहिला यो फिल्मले वैशाख १३ गते सार्वजनिक मिति तय गरेको थियो । प्राविधिकमा समस्या देखाउदै फिल्म वैशाख २० गते रिलिज हुँदैछ ।

राजेश पायल राई र स्मृता दहालको आवाज रहेको गीतमा आँचल शर्मा, पुष्प खड्का, निरुता सिंह, हरिवंश आर्चाय फिचर्ड छन् । हरिवंश आर्चायको शब्द रहेको गीतमा सम्भुजित बास्कोटाले संगीत भरेका छन् । संगीत समायोजन रिकेश गुरुङको रहेको भने कोरियोग्राफी प्रविन सिंहको रहेको छ । कमेडि जनराको फिल्ममा निरुता सिंह र हरिवंश आर्चाय जोडीको रुपमा प्रस्तुत भएका छन् ।

उनीहरुको साथै फिल्ममा आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत कलाकारहरुको अभिनय रहेको छ । मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको फिल्मलाई सुदन केसीले निर्देशन गरेको हुन् । फिल्मको कथा लेखन हरिवंश आर्चायको रहेको छ । रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । दिर्घ गुरुङले छायांकन गरेको फिल्मलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...