Wednesday 15th July 2026

किरात याक्थुङ चुम्लुङको ८ अाैं वार्षिक उत्सव तथा चाैथो अधिवेशन फेब्रुअरी ८ मा हुने


तितोपाटी – किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन फेब्रुवरी ८ २०१९ तारिक शुक्रबारको दिन गर्ने भएको छ । गत जनवरी ४ तारिक फर्वानिया पार्कमा चुम्लुङका अध्यक्ष श्री बल बहादुर काम्बाङको अध्यक्षतामा बसेको मासिक बैठकले लिम्बु जातीहरुको मौलिक परम्परा झल्किने प्रस्तुतीहरु साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा अधिवेशन भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

“हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो भाषा–लिपि हाम्रो सान” भन्ने नाराका साथ हुन लागेको कार्यक्रमको संयोजक किरात याक्थुङ चुम्लुङ, कुवेतका पुर्व उपाध्यक्ष श्री हरि लावतीलाई जिम्मेवारी दिइएको छ । कुवेतमा क्रियाशिल सबै संघ संस्थाहरुसंग सहकार्य र हातेमालो गर्दै आएको यस चुम्लुङले सोहि दिन नया कार्यसमिती चयन गर्ने छ भने फर्वानिया स्थीत यूनिक अडिटोरियम हलमा कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम सफल पार्नको लागि कुवेतमा क्रियाशिल सम्पुर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिबी, समाजसेबी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि किरात याक्थुङ चुम्लुङले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रमको विवरणः
मिति : फेब्रुवरी ८, २०१९ शुक्रबार ।
स्थान : यूनिक अडिटोरियम हल, फर्वानिया ।
समय : मध्यान्ह १२:०० बजेदेखि ५:०० बजे सम्म ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा जुलाई १६ पछि वर्षकै सबैभन्दा तातो मौसम सुरु हुने भएकाले विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले नागरिक र बासिन्दालाई…

“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ…

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न…

प्रतिकृयाहरू
...