Thursday 8th October 2026

छैटौं वार्षिकोत्सब मनायो हाम्रो चौतारी रेष्टुरेन्ट कुवेत सिटीले


तितोपाटी डट कम-नेपाली स्वादका खानाहरु पाइने र नेपाली युबाहरुद्वारानै सन्चालित हाम्रो चौतारी रेष्टुरेन्टले आफ्नो स्थापनाको छैटौं बार्सिकोत्सब केक काटेर मनाएको छ।कुवेतको मुटु मालिया सिटीमा रहेको स्पोर्ट डाइरेक्ट बिल्डिङको पहिलो तल्लामा रहेको हाम्रो चौतारी रेष्टुरेन्टले हिजो डिसेम्बर-१४,२०१८का दिन आफ्नो स्थापनाको ६ बर्ष पुरा गरेको हो।

चार-पाँच जना नेपाली उर्जाशिल यूबाहरुको समुहले कुवेतको मरुभूमीमा रहेर पनि आफ्नै लगानी र धेरै मेहनतका साथ स्थापना गरेको हाम्रो चौतारी रेष्टुरेन्टले धेरै नेपाली ग्राहकहरुको मन जित्न सफल भएकोमा खुसी लागेको भन्दै संस्थापक मध्येका प्रेम गुरुङले तितोपाटी डट कम संग भने”बिशेष गरी नेपाली परिकारहरुको साथमा इन्डियन, फिलोपिनो,चाइनिज खानाहरुले ग्राहकहरुलाई खुशी बनाउन पाएकोमा हामी हर्षित छौ।”गुरुङले भने जाडोको समयमा नेपालीहरुलाई मन पर्ने पाया सुप र झोल म:म:थप गर्दै ट्रिपिकल नेपाली परिकारले धेरै ग्राहकहरुलाई नेपाली स्वाद दिन हाम्रो चौतारी रेष्टुरेन्ट सधै लागी रहने छ।

 

 


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...