Thursday 25th April 2024

छैटौं वार्षिकोत्सब मनायो हाम्रो चौतारी रेष्टुरेन्ट कुवेत सिटीले


तितोपाटी डट कम-नेपाली स्वादका खानाहरु पाइने र नेपाली युबाहरुद्वारानै सन्चालित हाम्रो चौतारी रेष्टुरेन्टले आफ्नो स्थापनाको छैटौं बार्सिकोत्सब केक काटेर मनाएको छ।कुवेतको मुटु मालिया सिटीमा रहेको स्पोर्ट डाइरेक्ट बिल्डिङको पहिलो तल्लामा रहेको हाम्रो चौतारी रेष्टुरेन्टले हिजो डिसेम्बर-१४,२०१८का दिन आफ्नो स्थापनाको ६ बर्ष पुरा गरेको हो।

चार-पाँच जना नेपाली उर्जाशिल यूबाहरुको समुहले कुवेतको मरुभूमीमा रहेर पनि आफ्नै लगानी र धेरै मेहनतका साथ स्थापना गरेको हाम्रो चौतारी रेष्टुरेन्टले धेरै नेपाली ग्राहकहरुको मन जित्न सफल भएकोमा खुसी लागेको भन्दै संस्थापक मध्येका प्रेम गुरुङले तितोपाटी डट कम संग भने”बिशेष गरी नेपाली परिकारहरुको साथमा इन्डियन, फिलोपिनो,चाइनिज खानाहरुले ग्राहकहरुलाई खुशी बनाउन पाएकोमा हामी हर्षित छौ।”गुरुङले भने जाडोको समयमा नेपालीहरुलाई मन पर्ने पाया सुप र झोल म:म:थप गर्दै ट्रिपिकल नेपाली परिकारले धेरै ग्राहकहरुलाई नेपाली स्वाद दिन हाम्रो चौतारी रेष्टुरेन्ट सधै लागी रहने छ।

 

 


सम्बन्धित शीर्षकहरु

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

प्रतिकृयाहरू
...