Saturday 20th April 2024

कुवेतबाट छुट्टी जाँदा श्रम गर्न अनिवार्य रुपमा राजदूतावासको सिफ़ारिस पत्र लानु पर्ने


हरि कृष्ण न्यौपााने -कुवेतबाट नेपाल छुट्टी जादा श्रम लिनु पर्ने कामदारले अनिवार्य रुपमा राजदूतावासको सिफ़ारिस पत्र लिनुपर्ने  नियम लागु भएको छ । 

नेपाली राजदूतावास कुवेतका अनुसार”दूतावासमा औपचारिक पत्र अझै आएको छैन तर पनि नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्यरुपमा दूतावासको सिफ़ारिश पत्र पेश गर्न निर्देशन जारी गरिएको छ।छुट्टी जाने कामदारहरुलाई केही झन्झटिलो भए पनि कामदारकै सुरक्षाका लागी यो नियम कार्यान्वयन हुने हुदा कुवेतबाट छुट्टी जान चाहाने जो कोही नेपालीले दूतावास पुगि उक्त सिफ़ारिश पत्र लिनु पर्ने दुताबासको तर्क छ । 

सिफ़ारिश पत्र लिन जाँदा एउटै कम्पनीमा(पहिलेको श्रम स्वीकृतीमा ऊल्लेख गरिए अनुसार) काम गरी छुट्टी जानेलाइ  र ऊक्त कम्पनीमा फर्किनेको लागी सेवा सुविधा सहितको सामान्य पत्र लेखिने छ भने कुवेत आई भिषा तथा कम्पनि फेरबदल गरेकाहरुलाइ विशेष पत्र लेख्नु पर्ने हुदा छुट्टि जानु भन्दा १५ दीन  पहिला दूतावासमा सम्पर्क गरि सक्नु पर्ने छ ।

सिफ़ारिस पत्र लिदा लाग्ने शुक्ल: 

भिषा र कम्पनि पुरानै भएमा  – ४ केडी 

नयाँ कम्पनी परिवर्तन गरेकाे भएमा- १७ केडी

पेश गर्नु पर्ने आबश्यक कागजातहरु:-

पुरानै कम्पनि भएकालाई – कुवेतको सिभिल आईडि मात्र । 

नयाँ कम्पनी परिवर्तन गरेकाहरुको लागी:-

१-कुवेतको सिभिल आईडि 

२- हाल कार्यरत कम्पनीको अटोमेटोकिया(कम्पनी लाईसेन्स) र स्पोन्सरको कुवेतको सिभिल आईडि कपि।

३- कुवेत मिनिष्ट्री अफ पब्लिक वर्कद्वारा जारी कम्पनी र कामदार बीचको सम्झौता पत्र( दुबै पार्टीले सहि गरेको २ पेजको पत्र)

४- कामदारको ईज्नामेल पेपर


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...