Saturday 17th October 2026

चलचित्र ‘चंगाचेट’को ‘गोजीमा दाम छैन’ यतिखेर ट्रेन्डिङमा


तितोपाटी – चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले सर्वाधिक हिट छ । यो गीत श्रोताको मुखमा झुन्डिएको नै छ । गीत हिट भएकाले पनि चलचित्रको हाइप अझै बढेको छ । गीतले युटुबमा डेढ करोड भ्यूज पाएपछि यसको निर्माणपक्ष पनि दंग छ । सोही अवसरमा आज काठमाण्डौमा डेढ करोड भ्यूजको केक काट्दै सेलिव्रेशन गरिएको छ ।

काठमाण्डौमा आयोजित कार्यक्रममा चलचित्रका मुख्य कलाकारद्धय परमिता आर एल राणा र सुरक्षा पन्तको साथमा निर्देशक दीपेन्द्र के खनाल, निर्माताद्धय माधव वाग्ले र शर्मिला पाण्डे, संगीतकार राजनराज सिवाकोटी लगायतले केक काटे । कार्यक्रममा चलचित्रका निर्माता वाग्लेले संगीतकार राजनराज सिवाकोटीलाई ५० हजारको चेक हस्तान्तरण समेत गरेका थिए । उनले भने-‘गीतले एक करोड बढी भ्यूज पाएको खण्डमा उपहार दिन्छु भनेको थिएँ । सोही अनुसार उपहार दिएको हुँ । यो उहाँको पारिश्रमिक होइन ।’

चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आर एल राणा, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्रीको मुख्य भूमिका छ ।
कात्तिक १६ गतेबाट रिलिज हुने चलचित्रले कमेडी कथामा गम्भिर बिषयलाई उठान गरेको छ ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...