Wednesday 15th July 2026

मलेसियामा कामदार पठाउने प्रकृया अागामी कात्तिक १२ गते बाट पुनः सुचारू हुने


तितोपाटी – गत जेठदेखि अवरुद्ध रहँदै आएको मलेसियामा नेपाली कामदार आपूर्ति प्रक्रिया कात्तिक १२ गते देखि सुचारु हुने भएको छ। यसकालागि मलेसिया र नेपाल सरकारबीच आगामी कार्तिक १२ गते श्रम संझौता हुने तय भएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार समझदारी पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री एम कुलसागरन कार्तिक ११ गते नेपाल आउने निश्चित भएको छ। कुलसागरन र नेपालका श्रम रोजागार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टबीच कार्तिक १२ गते हस्तारक्षर हुने कार्यक्रम तय भएको छ। हस्तक्षर भएसंगै नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्नेछ। ‘मलेसियाका मानवसंसाधन मन्त्री यमओयूका लागि नेपाल आउने निश्चित भइसकेको छ,’ मन्त्रालयका सचिब महेशकुमार दाहालले भने,‘हस्ताक्षर संगै श्रमिक आपूर्तिका अवरोध हटनेछ र सोही संझौताका प्रावधान अनुसार प्रक्रिया सुरु हुनेछ।’

यही आसोज १२ गते नेपाली कामदारले रोजगारीका लागि मलेसिया जानलाग्ने भिषासंबन्धी सबै खर्च रोजगारदाताले व्यहोर्ने गरी मस्यौदा पत्रमा सहमति जुटेको थियो। यो सहमतिसंगै कामदारले मलेसिया जान खर्चदै आएको करिब १ लाख रुपैयाँ जोगिनेछ। समझदारीमा नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति छ।यमओयुमा हस्तारक्षर भएपछि नेपालसरकारले मान्यता दिएका जुनसुकै स्वास्थ संस्थाबाट गरिएको मेडिकल परीक्षणले मान्यता पाउनेछ।

स्वास्थ परीक्षण, भिषा प्रोसेसिङ लगायतका कार्यमा केही सस्थाले कामदारमाथि आर्थिक शोषण गरिरहेको भन्दै सरकारले गत जेठदेखि सरकारले मलेशिया कामदार पठाउने सबै प्रक्रिया रोकेको थियो। मेडिलक गर्न भिसा प्रकृया अगाडि वढाउन भन्दै बायोम्याट्रिक, भिएलएन, माइग्रामलगायतका कम्पनीले कामदारमाथि शोषण गर्दै सिण्डिकेट खडा गरेका थिए।


सम्बन्धित शीर्षकहरु

“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ…

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न…

अमेरिका–इरान द्वन्द्व तीव्र बन्दै गएको छ। सैन्य आक्रमण, हर्मुज जलडमरूमा तनाव, तेल आपूर्तिमा असर र क्षेत्रीय शक्तिहरूको संलग्नताले मध्यपूर्वमा व्यापक…

प्रतिकृयाहरू
...