Saturday 18th April 2026

सिंहदरवार गेट अगाडि छापामार शैलीमा धर्ना र प्रदर्शन गर्दै गृहमन्त्रीको राजिनामा माग


तितोपाटी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै सरकारको प्रमुख प्रशासनीक भवन सिंहदरबार छिर्ने गेट अगाडि प्रदर्शन भएको छ।  ‘निर्मलाका लागि न्याय अभियान’ का समर्थकहरुले बिहीबार छापामार शैलीमा सिंहदरबारको दक्षिण गेट अगाडि जम्मा भएर केही बेर धर्ना समेत दिएका हुन्। युवाहरूको समूह सिंहदरबारको दक्षिण गेट अगाडि सडकमा बसेर नाराबाजी गरेका हुन्। निषेधाज्ञा तोड्दै युवा युवतीहरुले प्रदर्शन गर्न थालेपछि सिंहदरबार दक्षिण गेट नै केहीबेर बन्द गरिएको थियो ।

निषेधित क्षेत्रमा पर्ने उक्त स्थानमा प्रदर्शनकारीहरु योजनावद्ध रुपमा जम्मा भइ एक्कासी गेट अगाडि पुगेर ब्यानर र प्लेकार्ड प्रदर्शन गर्न थालेका थिए । ब्यानर र पप्लेटसहित उनीहरुले केहीबेर गेट अगाडि नै बसेर धर्नासमेत दिए । उनीहरुले नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा समेत मागेका छन् ।  ‘निर्मलाका लागि न्याय अभियान’ का समर्थकहरुले निर्मालाको बलात्कारी र हत्यारालाई तुरुन्त पक्राउ गरी कारवाही हुनुपर्ने, निलम्बन गरिएका एसपी डिल्ली विष्टलाई विभागिय कारवाही मात्रै नभएर फौजदारी कानुन अन्तरगत कारवाही गर्नुपर्ने लगायतका माग गरेका थिए ।

उनीहरुले महिला तथा लैंगिक हिंसा कम गर्न १० बुँदे माग अगाडि सारेका छन् ।

यसैबीच, सिंहदरबारभित्र गृह मन्त्रालयमा नेपाल प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गर्दै सत्तारूढ दलकै भातृ संगठन अखिल र अखिल (क्रान्तिकारी) ले गृहमन्त्री थापालार्इ ज्ञापन पत्र बुझाएका छन् ।

सिंहदरवार गेट अगाडी धर्ना र प्रदर्शनका केहि तस्विरहरूः


सम्बन्धित शीर्षकहरु

लन्डनबाट आएको एक विश्लेषणले देखाउँछ कि अमेरिका–इजरायल–इरानबीचको द्वन्द्व अब टाढाको समस्या मात्र रहेन। यसको असर ग्लोबल साउथका देशहरूमा सिधै देखिन…

कुवेत सरकारले केहि विशेष क्षेत्रका कामदारहरूलाइ अागामी १ मे २०२६ देखि ३० जुन २०२६ सम्मको अवधिमा अन्य क्षेत्रमा रोजगारदाता परिवर्तन…

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

प्रतिकृयाहरू
...