Friday 11th September 2026

साउदीमा ज्यान गुमाएका २४ नेपालीको ब्लडमनि दूतावासले परराष्ट्रमा पठायो


तितोपाटी – रोजगारीका लागि साउदीअरब पुगि विभिन्न कारणले ज्यान गुमाएका २४ जना नेपालीको ब्लडमनि साउदी स्थित नेपाली दूतावासले नेपाल पठाएको छ।

दूतावासले मृत्यु भएका कामदारका हकदारले कानुनी रूपमा पाउने ब्लडमनि रकम र काम गरेको अवधीभरको सेवा सुबिधा सहित एकमुष्ट रकम २ लाख ७१ हजार ८ सय ७ साउदी रियल नेपाल स्थित परराष्ट्र मन्त्रालयको बैंक खातामा आइतबार ट्रान्सफर गरेको जानकारी दिएको छ।

दूतावासले पठाएको ब्लडमनि अनुसार साउदीमा ज्यान गुमाउनेहरुमा सिराहाका अबध किशोर यादव, बाराका अमीर माझी, पाल्पाका भुवन सिह दिसा, सप्तरीका बिनोद कुमार मण्डल, अर्घाखाँचीका बिष्णु बहादुर टण्डन,म्याग्दीका गणेश बहादुर घर्ती,महोत्तरीका गरहवा बतारा,घनुषाका गुरु शरण ठाकुर ,गुल्मीका हेमलाल पेमी, दाङका जालुराम चौधरी, काभ्रेका काजिबाबु थापा, भोजपुरका कुलबहादुर खत्री, खोटाङका लेखराज राई, कास्किका लुमनाथ अधिकारी, लमजुङका मिलन तामाङ, सुनसरीका परमेस्वर मोची, सिन्धुलीका प्रेम बहादुर पाखृन, सिराहाका राजकुमार मण्डल, धनकुटाका राजेन्द्र भुजेल, घनुषाका राम लखन मण्डल, घनुषाकै रमेश कापर, झापाका रुपेन मोक्तान तामाङ, झापाकै सन्तोष परियार र मकवानपुरका सुर्य प्रसाद चौलागाईं रहेका छन्।

मृतकका हकदारले नेपालमा प्रक्रिया पूरा गरि ब्लडमनि लिन सकिने दूतावासले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...