Thursday 24th September 2026

यसपाली दशैमा अमृत खातीले स्मृति गौतमलाई चुरा दिने


तीतोपाटी- बिजया दशमी तथा शुभ दीपावलीको अबसर पारेर बहु प्रतिभाका धनी चर्चित गायक अमृत खाती र  चर्चित गायिका स्मृती गौतमको संयुक्त प्रस्तुति रहने गरि दशैको साङ्गितिक कोसेली स्वरुप “कमेरो”यू टुब मार्फत सार्बजानिक भएको छ।खाती र गौतमको आवाजमा रहेको उक्त गितमा लय नयन सोडारी”चिन्तित”को रहेको छ भने सब्द स्वयम खातीकै रहेको छ।

विभिन्न पेशा र ब्यबसायको शिलशिलामा बिदेशिएका र आफ्नो जन्मघरबाट टाढा रहेका नेपालीहरुलाई लक्षित गरेर यसपाली दशै तिहार मनाउन घर फर्किने आशय झल्काउने कथा बस्तु समेटिएको उक्त गितमा बरिस्ठ अभिनेत्री रमा थपलिया,चर्चित मोडेल महेन्द्र गौतम र शोभा त्रिपाठीको उत्कृष्ट अभिनय देख्न सकिन्छ।बाल कलाकारको रुपमा अनुरोध खाती,स्वीकृति खाती र शुशान खातीको अभिनय रहेको उक्त गितमा छायांकन प्रबेश पोखरेलले गर्नु भएको छ।गोरखा चौतारी म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको उक्त गिको निर्देशन भने खमेस श्रेष्ठले गर्नु भएको छ।दशैको खुशीयाली मा नाच्ने खालको उक्त गितको भिडियो सम्पादन सुरेश श्रेष्ठले गर्नु भएको छ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...