Wednesday 29th April 2026

कुवेतमा दुई सँस्थाको सयुक्त आयोजनामा दशैं धमका हुँदै


बसन्त थापा- लालीगुराँस संस्कृति परिवार नेपाल कुवेत र अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेतको सयुक्त प्रस्तुतिमा दशै शुभकामना आदानप्रदान तथा दशै धमका २०७५ संस्कृतिक कार्यक्रम हुने भएको छ।

आगामी १९ अक्टोबर शुक्रबारका दिन कुवेतको खैतान स्थित राजधानी होटलमा दशैको अवसर पारेर  दुई संस्था द्वारा “दशै बिशेष सांस्कृतिक कार्यक्रम” आयोजना गरिने भएको हाे ।

कुवेतस्थित कार्यरत नेपालीहरूको जमघट भई स्थानीय
कलाकारहरुको प्रस्तुतिमा सांगीतिक कार्यक्रमका साथ टिका जमरा लगाएर नेपाली परिकारका स्वादसंगै उक्त कार्यक्रम मनाउन लागेका हुन् ।

वैदेशिक रोजगारीको सिलसिलामा प्रवासको भूमिमा कार्यरत रहेता पनि नेपालीहरुको ठूलो चाड वडा दशैलाई नेपालीहरुले उक्त कार्यक्रममा परम्परागत ढंगले बुर्जुगको हातबाट टिका लगाई आसिरबाद लिने चलनचल्तीलाई उजागर गरिने भएको छ ।

दैनिक आ– आफ्नो कामको सिलसिलामा व्यस्तता रहेता पनि आगामी १९ अक्टोबरका दिन “दशै बिशेष कार्यक्रम” को खबरले दाजुभाई तथा दिदीबहिनीहरुको उत्साह बढ्दो देखिन्छ ।

“हाम्रो परम्परा हाम्रो संस्कृति” र  “मौलिक कला र संस्कृतिक साथमा कलाकारको जगेर्ना गरौ” भन्ने मुल नाराका बोकेका उक्त दुबै संस्था तथा स्थापना कालदेखिनै लालिगुरासले अन्य संघ संस्थाहरुसंग हातेमालो गर्दै उद्धार कार्यमा सहभागिता जनाउंदै नेपालीहरुको चाड पर्वलाई विभिन्न संस्कृतिक कार्यक्रम गरि  मनाउदै आएको छ भने यस्ता खालका कार्यक्रमको आयोजनाले मनोरञ्जन मात्र नभएर एकआपसमा भाईचाराको विकास र नेपाली संस्कृतिको पनि उत्थान हुने, राजु थापाको  संयोजकत्वमा हुन गैरहेको दशै कार्यक्रम कुवेतमा एउटा ऐतिहासिक कार्यक्रम हुने लालीगुराँस संस्कृतिक मन्चका अध्यक्ष माधव पौडेलले तीतोपाटीलाई बताएका छन् ।

उक्त कार्यक्रमलाई भव्य र सव्य रुपमा सफल पार्नका निम्ती सबैजना लागि परेको र यसै समाचारको आधारमा सम्पूर्ण कुवेत बासी नेपालीहरुलाई उपस्थित हुनको लागि अन्तर्राष्ट्रिय कलाकार मन्चका अध्यक्ष सोम रसाइलीले हार्दिक निमन्त्रणा गरेका छन ।

स्थान- राजधानी होटेल खेतान
समय- बिहान ११ बजे देखि
दिन – २०१८/ १९ अक्टोबर शुक्रबार


सम्बन्धित शीर्षकहरु

तितोपाटी-महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो पाँच हप्ताको अनुभव बाँडेकी छन्। उनले १० बुँदामा आफ्नो अनुभव र…

तितोपाटी- बैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र  'लालीबजार' को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको…

तितोपाटी-माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन…

प्रतिकृयाहरू
...