Tuesday 18th August 2026

मन छुने दशैं गीत ‘अायो फेरी दशैं र तिहार’ बजारमा(भिडियो सहित)


तितोपाटी – गायक रोशनको मन छुने गीत ‘आयो फेरी दशैं र तिहार’ बजारमा आएको छ । कहिले माया प्रिति, कहिले बिछोड त कहिले कला संस्कृतिलाई संरक्षण गर्ने खालका मन छुने गीत गाएर नेपाली लोक दोहोरीको क्षेत्रमा उदाएका नव गायक रोशन कुताल क्षेत्रीले फेरी नयाँ दशैं गीत बजारमा ल्याएका हुन् ।

छोरा छोरी विदेशीएपछि घरमा बुढाबुढीलाई पानीसम्म दिने ब्यक्ति नभएको घटनालाई गायक रोशनले आफ्नो गीतमा उतारेका छन् । एउटा छोरा मलेसिया र अर्को कतारमा भएको भन्दै भएकी छोरीको पनि विवाह गर्न हतार भएको विषवस्तुलाई दशैं गीतमा समावेश गरेका छन् गायक रोशनले ।

दशैं नजिकिएको र घर स्याहार्ने ब्यक्तिसम्म पनि नभएको भन्दै परदेशमा धेरै बस्न नहुने कथा वस्तुलाई गायक रोशनलले गीतमार्फत उजागर गर्न भ्याएका छन् । विदेशमा भएका आफ्ना सन्तान दशैंमा घर नफर्किदाँ बाबु आमालाई हुने चिन्ता र दशैंमा मिठो मसिनो पकाउने ब्यक्तिसम्म घर नभएको कारुणिक विषयलाई उतार्दै गायकले छोराहरुलाई दशैंमा टिका लगाएर आर्शिवाद दिने र सँगै बसेर मिठो नमिठो खाने विषयलाई पनि खोतल्न भएका छन् । यसका साथै गीतमा दशैंको मर्म र महत्वका बारेमा पनि उठान गर्न खोजिएको छ ।

आफू पनि विदेशभुमिमा रहेर पिडा बुझेका उनले परदेशीको कथा व्यथा र घरको सम्झनालाई सारंगीको धुन दिएर बजारमा ल्याउँदा गायक रोशनको गीत आम दर्शक स्रोताले मन पराएका छन् । दशैंमा आफ्ना छोराको निधारमा टिका लगाउन नपाएका बाबु आमा र तिहारमा दाजुभाईको निधारमा सप्तरंगी टिका र गलामा मखमली फूलको माला पहिराइदिने आशामा बसेकी बहिनीको सपनालाई गीतमा सशक्त ढंगले गायक रोशनले उजागर गरेका छन् ।

गायक रोशनकै शब्द, संगित र स्वरमा सजिएको मन छुने गीत ‘आयो फेरी दशैं र तिहार’ लाई याक इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो । रोशनको सुमधुर आवाजमा शुसज्जित गीतमा अभिनय भने रामचन्द्र अधिकारी,माधव खनाल, बाबुराम शर्मा, रमेश रसाईली, निश्मा राई र बाल कलाकार शाक्या चालिसे रहेका छन् । शम्भु चालिसेको निर्देशन तथा छायांकन रहेको यस म्युजिक भिडियोलाई रबिन बिक र रमेश रसाईलीले सम्पादन गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले उत्तर-पश्चिमी सिरियाको इदलिब प्रान्तमा रहेको एक सैन्य हवाई अड्डामा भएको इसराइली हवाई आक्रमणको कडा आलोचना गर्दै यसलाई “अनावश्यक तनाव…

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा KYC अद्यावधिक लगायतका सेवा अब HIB e-Portal मार्फत अनलाइन रूपमा…

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई रावलपिण्डीको अदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेशनल अस्पतालमा दुई…

प्रतिकृयाहरू
...