Thursday 28th March 2024

नेपाली संघीय समाज कुवेतको अधिवेशन सम्पन्न.अध्यक्षमा प्रकाश चाम्लिङ राई


बसन्त थापा-तीतोपाटी डटकम-नेपाली संघीय समाज कुवेतले संघिय समाजवादी फोरम नेपालका सह-अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य मानानीय राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ।उकत कार्यक्रम हिजो सेप्टेम्बर-२१ शुक्रबार-२०१८का दिन कुवेत स्थित फर्वानिया अल हैतम रेस्टुरेन्टमा भव्यरूपमा सम्पन्न भएको हो।

प्रकाश चाम्लिङ राइको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुर्व मन्त्री प्रतिनिधि सभा सदस्य तथा संघीय समाजका सह-अध्यक्ष माननिय राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्य तथा नेपाली दूतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाल,एनआरएनए अध्यक्ष सुमित्रा पौडेलको बिशेष अथितित्वमा सम्पन्न भएको थियो।

शुभकामना मन्तव्यकै क्रममा पुर्वमन्त्री श्रेष्ठले आफू देश भन्दा बाहिरका विभिन्न देशहरुमा गएको र त्यहा राहेका नेपालीहरु संगठित भएर बसेको देख्दा आफूलाई निकै खुसी लाग्ने बताए।प्रवासमा रहेका नेपालीहरुको समस्य समाधानका कुराहरु आफुले बारम्बार सरकार समक्ष कुरा राखेको र पुन राख्ने प्रतिबद्धता व्यक्त गरेको थिए।नेपाल गरिव भएर पशुपति मन्दिर नबनेको बताउदै इतिहास साची रहेको भन्दै अमेरिका भर्खर मुक्त हुदानै नेपाल समृद्धिको सिढी चढ्दै गरेको र आज नेपाल साच्चिकै गरिव भएको पनि बताए ।कुनै समय यस्तो थियो कि नेपालमा काम गर्न भनी बिदेशी नागरिक नेपाल आउने गर्दथे तर आज नेपाल पहिला जस्तो नरहेको बताउदै श्रेष्ठले देशमा अहिले पनि एकल जातिको हाबि रहेको भन्दै अब पनि एक जातले आर्को जातलाई दोश्रो दर्जाको नागरिक देखे देशमा बिखन्डन कारिको उत्पन्न हुने र तराईमा मात्रै नभएर पहाड हिमालमा पनि देश टुक्राउन खोज्ने जन्म हुने भन्दै नेपाली जनतालाई मिलाएर लान सके मात्र देश टुक्राउन खोज्ने हरु आफै पतन भएर जाने भन्दै आफुहरुले पनि समृद्धि चाहेको तर समृद्धिले मात्र समस्यको समाधान नहुने बताए।

कार्यक्रममा बिषेश अतिथीका रुमा नेपाली दूतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमालले तथा अतिथिहरु एनआरएनए अध्यक्ष सुमित्रा पौडेल लगाएत कुवेतमा कृयाशिल नेपाली संघ-संस्थाहरुका प्रतिनिधिहरु गणेश रावत, इन्द्र पोख्रेल, माधव पौडेल, अमृत तामाङ्ग, माधव शर्मा, जयनारायण थारु, लगायतले आ- आफ्नो शुभ-कामना मन्तव्य राखेका थिए।

कार्यक्रममा स्थानिय कलाकार माया राईले आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन भने, कुमार सेङ्ग्तान, र इन्द्र योन्जान द्वारा देशभक्ती गित गाएर उपस्थित पाउनालाई थप मनोरञ्जन दिलाएका थिए।

पुर्व मन्त्री श्रेष्ठ द्वारा लिखित पुस्तक उपस्थित बिशिस्ट अथितीहरुलाई बितरण पनि गरिएको थियो।

कार्यक्रममा प्रमुख अथिती तथा पुर्वमन्त्रीलाई बिशेष सम्मान गरिएको थियो भने कुवेतमा रहेर सत्य तथ्य समाचार सम्प्रेषण गरेको भन्दै आगामी दिनहरुमा पनि मिडियाबाट आफुहरुले सोही कार्यको मुल्यांकन गर्न पाइयोस भन्दै बिभिन्न मिडियाहरुलाइ सम्मान गरिएको थियो।उक्त कार्यक्रम सम्पन्न पार्न विभिन्न तहबाट साथ र सहयोग गर्नुहुने सम्पुर्ण बुद्धिजीवी तथा संघ-संस्थाका प्रतिनिधि, खेलाडी, कलाकार, र पत्रकारहरुलाई अध्यक्ष प्रकाश चाम्लिङ राईले धन्यवाद व्यक्त गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए।

नयाँ कार्यकारी समितीको नामवली यश प्रकार रहेको छ।
सल्लाहकार- याम बहादुर सुनुवार राई
अध्यक्ष – प्रकाश चाम्लिङ राई
सहअध्यक्ष – रोल बहादुर विश्वकर्मा
उपाध्यक्ष -पर्शुराम शाह
उपाध्यक्ष – अमृत तामाङ
उपाध्यक्ष – दिल कुमारी लिम्बु
उपाध्यक्ष – दिपेश नेपाली
महासचिव – लोक याम्फु (खखुरा किरात)
सचीव -मानशराम बाहिङ राई
सचीव – सन्देश बान्तावा राई
सह सचीव -राजन बान्ता वा राई
प्रवक्ता -राजकुमार राई
कोषाध्यक्ष – मोहन नाछिरिङ
सहकोषाध्यक्ष – युवराज चाम्लिङ राई

युवा प्रमुख – उमेश बान्तवा राई
महिला संयोजक – विष्णु नाछिरिङ राई

सदस्यहरु:-अनिता खालिङ राई, मीन चाम्लिङ राई, प्रमोद चौधरी, सौगात राई, फिरोज खान, रविन चाम्लिङ राई, पृथ्वी बहादुर बान्तावा, सन्तोष कुमार गुप्त,सिशान्त कुमार सरदार,लालबाबु राउत,सञ्जय काफर,कल्याण राई,यशाेदा राई,मुकेश कुमार शाह,रामशेर आलम मकारती, बिकास भण्डारी


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...