Thursday 24th September 2026

मलेशियामा रक्सी पिउदा चार नेपाली सहित १५ जनाको मृत्यु ३३ जना बिरामी


तितोपाटी डट कम -मलेशिया,असोज २।मलेशियाको विभिन्न कम्पनीमा कार्यरत कामदारले सोमबार राति रक्सी पिउदा ४ नेपाली सहित १५ जनाको ज्यान गएको मलेशियन प्रहरीले जनाएको छ।

रक्सी पिउदा बिरामी परेका ३३ जना मध्य १९ जना बिरामीको राष्ट्रियता पहिचान भएको छ ।जसमा सबैभन्दा बढी नेपाली रहेका छन्। १५ जना नेपाली, २ जना मलेसियन र २ बंगलादेशी नागरिक बिरामी छन्।

बिरामी परेका उनिहरुलाइ सुङ्गई बुलो अस्पताल, ब्यान्टिंग अस्पताल र क्वालालम्पुर अस्पतालसहित विभिन्न अस्पतालमा उपचार भैरहेको स्थानीय संचारमाध्यमले जानकारी दिएका छन। यसअघि ज्यान गुमाउने ७ जनामध्ये ४ जना नेपाली थिए। पछिल्लो पटक थपिएकाको बारेमा भने केही खुलाइएको छैन।

उनीहरुले तीन वटा रक्सी खाएको पाइएको छ। स्थानीय प्रहरीलाई उद्धृत गर्दै द स्टारले जनाए अनुसार मन्डली ह्विस्की, किङ फिसर बियर र ग्राण्ड रोयल ह्विस्की खाएपछि उनीहरु बिरामी भएका हुन्।
घटनाको पूरा बिवरण आउन बाकी रहेको हुदा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ भने यता मलेसिया स्थित नेपाली दूतावासले घटना बारे हाल सम्म कुनै जानकारी दिएको छैन।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...