Friday 3rd July 2026

सरकारले साउदी जाने नेपाली कामदारको तलब बढायो, पुर्यायो न्यूनतम १३०० रियाल


तितोपाटी – नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल (करिब ३९ हजार रुपैयाँ) न्यूनतम तलब निर्धारण गरेको छ । अब साउदी रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्नेछ ।

श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठ्कले कामदारको न्यूनतम तलब तोकेको हो। यसअघि खाना सहित एक हजार रियाल तलब थियो। सरकारले साउदीको जीवनस्तर बढेको भन्दै नयाँ तलब तोकेको हो। सन् २०१३ मा तलब निर्धारण गरेपछि कामदारको तलब समिक्षा भएको थिएन।

खुल्ला बजार भन्दै साउदी सरकार आफैले भने तलब तोक्ने काम गरेको छैन। कम्पनी र कामदारबीच समझदारी भएको तलवलाई साउदीले कार्यान्वयन गर्दैै आएको छ।

साउदी अरबमा काम गर्न जाने कामदारका लागि ६ वर्षपछि न्यूनतम ज्यालाको सीमामा पुनरावलोकन गरेपछि खाने सुविधासहित नेपाली कामदारको सुविधामा करिब ९ हजार रुपैयाँले वृद्धि भएको छ । यसअनुसार अब नेपाली कामदारलाई ३० हजार रुपैयाँ तलव नदिई साउदी लैजान पाइने छैन । खान र बस्नका लागि ९ हजारसम्म खर्चिनुपर्नेछ । मन्त्रालय स्रोतका अनुसार साउदी सरकारसँग विभिन्न चरण्मा छलफल गरेर ज्यालादरमा वृद्धि गरिएको हो । त्यसका लागि मन्त्री बिष्टले नै पहल गरेका थिए ।

नयाँ तलवमानअनुसार नेपाली कामदारले अधिकतम् ज्याला ११००० रियाल र खानाभत्ता ५०० रियाल पाउनेछन् । नेपाल सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुनेछन् ।

यस अघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेको थियो । नयाँ व्यवस्था अनुसार ज्यालामा २ सय रियाल र खाना भत्तामा १ सय रुपैयाँ गरी ३०० रियाल बढी नेपाली अदक्ष कामदारले पाउनेछन् ।

साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ । साउदी जाने अदक्ष, अर्धदक्ष, दक्ष र व्यवसायिक कामदारका लागि न्यूनतम ज्यालामा नयाँ व्यवस्था भएको हो ।

अब राजपत्रमा प्रकाशित भएको मितिदेखि बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणीकरण हुनेछ ।

सरकारले तोकेको ज्यालादर यस प्रकार रहेको छ ः

 


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...