Sunday 25th October 2026

युएर्इमा एक नेपालीको मृत्यु


तीतोपाटी- बैदेशिक रोजगारीको लागि ५ महिना अघि युएर्इ आएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ।

गोरखाको गण्डकी गाँउपालिका १ मकैसिङ्का ताराबहादुर गुरूङ्को उपचारको क्रममा दुबर्इको रशिद अस्पतालमा हिजो मृत्यु भएको हो।

गत अगस्ट ८ मा सामान्य बान्ता हुने र टाउको दुख्ने समस्या देखिए पछि तारा बहादुरलार्इ उपचारको लागि दुबर्इको रशिद अस्पताल लगिएको थियो।

चिकित्सकका अनुशार उललार्इ ब्रेन ट्युमर भएको बताएर्इको छ।उनको शव पोस्टमाटमको लागि रशिद हस्पिटलमा राखिएको छ।

उनको शवलार्इ जतिसक्दो चाँडो नेपाल पठाउनको लागि आइतबारदेखि कानुनी प्रक्रिया अघि बढार्इने युएर्इको लागि नेपाली कार्यवहाक राजदूत सागर फुयालले जानकारी दिए।

५ महिना अघि अन्जली अोभरसिज सर्भिस काठमाडाैंबाट रोजगारीको लागि युएर्इ आएका ताराबहादुर दुबर्इ स्थित ब्लु डार्इमण्ड सेक्युरेटी कम्पनीमा कार्यरत थिए। मृतक गुरूङ्का श्रीमती १ छोरी र अामा गोरखामै बस्दै आएका छन्।

साभार- रातोपाटी


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

युक्रेनका राष्ट्रपति Volodymyr Zelenskyy ले देशका विभिन्न क्षेत्रमा इन्टरनेट सेवाको गति अपेक्षित स्तरमा पुगेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्स…

प्रतिकृयाहरू
...