Sunday 14th June 2026

खुल्लमखुल्ला चलिरहेको छ खाडीमा महिलाको खरिद बिक्री


तितोपाटी – केही समय अघि एक महिला दुबइको डान्सबारमा नृत्यकलाकारका रूपमा जान त्रिभुवन विमानस्थल पुगिन् । उनको हातमा दुबइको एउटा कम्पनीमा काम गर्ने भिसा थियो । उनी त्यहाँ पुग्ने समयमा, विमानस्थलमा रहेका प्रहरी र सरकारी अधिकारीबीच सेटिङ भएकाले उनी सरासर भित्र पसिन्।

प्रहरीले उनलाई फटाफट भित्र छिराए । यसैगरी उनी ३–३ महिनामा फर्कने गरी दक्षिण अफ्रिका, बराइन, कुवेत, मलेसिया र कतार पनि पुगिसकेकी छन् । उनलाई जस्तै अरू धेरै महिलालाई दलालले श्रमस्वीकृति लिएरै ३ महिनाका लागि विभिन्न देशमा बेच्ने गरेको रहेछ।

त्रिभुवन विमानस्थल वरिपरि हातमा सयौंँ पासपोर्ट बोकेका दलाल देखिन्छन् । उनीहरूले त्यहीँबाट यसैगरी थुप्रै महिला बाहिर पठाउँछन् । कुन ठाउँमा के भन्ने, कुन ठाउँका कुन डकुमेन्ट देखाउने भनेर सिकाउँछन् पनि । १५ देखि २० लाख रुपियाँसम्ममा विदेशी होटल सञ्चालकले दलालमार्फत यसरी महिला किन्ने गर्छन् । ३ महिनाको तीन लाख महिलालाई दिइ कर्मचारी सेटिङ मिलाएर बचेको रकम दलालले नै खाँदारहेछन् । तिनै किशोरीकाअनुसार यसरी गएका महिलाले त्यहाँका होटल मालिकले जे भन्यो त्यही मान्नुपर्छ । नमाने कुटपिट गरी नेपाल फर्काइन्छ । यो महिला बेचविखनकै एउटा रूप हो।

प्रहरीकै पछिल्लो तथ्याङ्कले नेपालमा महिला बेचविखन बढेको देखाउँछ । आर्थिक वर्ष २०६९–०७० मा एक सय ४४, २०७०–०७१ मा १ सय ८५, २०७१–०७२ मा १ सय ८१, २०७२–०७३ मा २ सय १२ र२०७३–०७४ मा २ सय २७मानव बेचबिखनका मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा मात्रै नेपाल प्रहरीमा २ सय ६८ वटा मानव बेचविखनका मुद्दा दता भए । यीमध्ये ८० प्रतिशत महिला छन् । नेपाल प्रहरीले सीमा नाकाबाट पनि महिला तथा बालबालिकालाई उद्धार गर्नेक्रम बढेको छ।

यसरी मानव तस्करमा संलग्नलाई कडा कानुनको व्यवस्था छैन । कहिलेकाहीँ पक्राउ परेको समाचार आएपनि धेरै कमाएका दलालहरू ठूलै रकम बुझाउँछन् । जेलबाट निस्कन्छन् र पुनः त्यही कार्यमा सक्रिय हुने गर्छन् । अर्को कुरा,माानव बेचविखनसम्बन्धी कानुन नै प्रष्ट छैन । वैदेशिक रोजगार ऐन २०६४ ले अनुमति नलिइकन कसैले विदेशमा पठाएमा७ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छभने मानव बेचविखन तथा ओसारपसारमा २० वर्ष कैद सजायको व्यवस्था छ ।तर उनीहरूलाई पूरै सजाय भएका उदाहरण पाइँदैन।

बढ्दो वैदेशिक रोजगारीका कारण मानव बेचविखनको अवस्था डरलाग्दो हुँदैछ । स्वदेशमा रोजगारको व्यवस्था नहुँदा धेरै महिला विभिन्न देशमा घरेलु कामदारकारूपमा जान चाहन्छन् ।सरकारले केही खाडी मुलुकमा नेपाली महिलालाई घरेलु कामदारकारूपमा जान प्रतिबन्ध लगाएको छ । यसले गर्दा महिलाहरू भारतको बाटो वा तेस्रो मुलुकको बाटो हुँदै वैदेशिक रोजगारीका नाममा ती मुलुक पुग्छन् । बेचिएका ती महिलाले जस्तोसुकै शोषणमा परेर भए पनि पूरा समय बसेर आउनुपर्छ किनकि दलालसँग मालिकले उनीहरूलाई किनेको हुन्छ।

अहिले मानव ओसारपसार गर्ने गिरोहहरूको अन्तर्राष्ट्रियरूपमै ठूलो सञ्जाल बनिसकेको छ ।यो सञ्जालले उमेर बढाएर पासपोर्ट बनाउनेदेखि विभिन्न जिल्लाबाट महिलालाई राजधानी ल्याइ अवैध बाटोबाट विभिन्न देश पुर्याउनेसम्मका काम गर्छ ।मानव ओसारपसारका लािग यसरी अन्तर्राष्ट्रियरूपमै सामूहिक अपराध सञ्जाल सक्रिय भएकाले यो काम रोक्नत्यति सजिलो भने छैन । तर सही कुरा चाहिँ यो हो कि यो काम जसरी पनि नरोकी सुख पनि छैन।

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

इजरायलको प्रसिद्ध पर्यटकीय गन्तव्य ग्यालिली समुद्र सामान्यतया शान्त वातावरण, प्राकृतिक सौन्दर्य र पारिवारिक घुमघामका लागि परिचित छ। प्रत्येक वर्ष हजारौँ…

कुवेतमा मिर्गौला रोगबाट पीडित अञ्जु माया स्याङ्तान(राहदानी नं. PA1496153)का लागि नेपाली समुदायको सक्रियतामा आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको छ।…

अमेरिकी नौसेनाको कारबाहीमा तीन भारतीय नाविकको मृत्यु भएपछि भारत–अमेरिका सम्बन्धबारे नयाँ बहस सुरु भएको छ। विश्व राजनीतिमा पछिल्ला दुई दशकदेखि…

प्रतिकृयाहरू
...