Wednesday 18th November 2026

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिको खोजी गर्न टिमुरेदेखि त्रिवेणीसम्म प्रहरीको ‘स्वीप अपरेसन’


भोटेकोसी बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्म ‘स्वीप अपरेसन’ सुरु गरेको छ। प्रहरीका अनुसार अपरेसनका क्रममा नदी किनारमा भेटिने शव, मानव अंग तथा अन्य भौतिक वस्तुहरू संकलन गरिनेछ।

भदौ १० गते आएको विनाशकारी बाढीमा हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३० जना बेपत्ता छन्। बेपत्तामध्ये ५८७ विदेशी नागरिक रहेका छन्। फेला परेका १,३६७ शवमध्ये १०२ जनाको मात्र पहिचान भएको छ।

सुरक्षाकर्मीहरूले हालसम्म ९,२५४ जनाको उद्धार गरेका छन्। उद्धार गरिएकामध्ये ३,०३० जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। बाढीले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। टिमुरे, त्रिशूली, देवीघाट, वेत्रावती, भैँसे र स्याफ्रुबेँसीजस्ता बस्ती तथा बजारहरू बाढीबाट नराम्ररी प्रभावित भएका छन्।

प्रहरीका अनुसार देशका ७५ जिल्लाका नागरिक बाढीबाट प्रभावित भएका छन्। बेपत्ता भएकामध्ये रसुवाका १,३९३ र नुवाकोटका ६५१ स्थानीयवासी रहेका छन्। साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी पनि बेपत्ताको सूचीमा छन्।

बाढी प्रभावित क्षेत्रका नागरिकलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट राहत वितरण जारी रहेको छ।


सम्बन्धित शीर्षकहरु

पखेटा छैनन्, उडूँ कहाँ म, आकाश टाढा छ, मनै भने प्रियको सम्झनामा, हराउँदै जान्छ। फूलका बगैँचा फुले पनि, मन फुल्न…

जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रीस र नेदरल्याण्ड्सले सन् २०२७ देखि रवान्डामा आप्रवासी फिर्ता केन्द्र खोल्ने योजना सार्वजनिक गरेका छन्। यो केन्द्रमा…

अमेरिकी गुप्तचर निकायले इरानले अमेरिकी भूमिमै ठूलो आक्रमण गर्न सक्ने सम्भावनाबारे नयाँ सूचना प्राप्त गरेको जनाएको छ। उक्त सूचनाअनुसार इरानले…

प्रतिकृयाहरू
...