Saturday 3rd October 2026

इजरायलमा नेपाली केयरगिभरका लागि १,४६४ रोजगारीको अवसर खुला


वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला गरेको छ। खुला गरिएको कोटामध्ये १,१३२ महिला र ३३२ पुरुष रहेका छन्। छनोट भएका कामदारले मासिक ५,८८१ इजरायली मुद्रा (एनआईएस) न्यूनतम तलब पाउनेछन्।

आवेदन दिन इच्छुक व्यक्ति २५ देखि ४५ वर्ष उमेर समूहका, कम्तीमा १० कक्षा उत्तीर्ण तथा केयरगिभरसम्बन्धी आवश्यक तालिम वा स्वास्थ्यसम्बन्धी अध्ययन पूरा गरेको हुनुपर्छ।

आवेदकले सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ। यसअघि इजरायल नगेका र परिवारका सदस्य इजरायलमा कार्यरत नभएका व्यक्तिले मात्र आवेदन दिन पाउनेछन्। अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेका उम्मेदवारको अन्तिम छनोट इजरायली पक्षले गोलाप्रथामार्फत गर्ने जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...