Saturday 24th October 2026

इजरायलमा नेपाली केयरगिभरका लागि १,४६४ रोजगारीको अवसर खुला


वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला गरेको छ। खुला गरिएको कोटामध्ये १,१३२ महिला र ३३२ पुरुष रहेका छन्। छनोट भएका कामदारले मासिक ५,८८१ इजरायली मुद्रा (एनआईएस) न्यूनतम तलब पाउनेछन्।

आवेदन दिन इच्छुक व्यक्ति २५ देखि ४५ वर्ष उमेर समूहका, कम्तीमा १० कक्षा उत्तीर्ण तथा केयरगिभरसम्बन्धी आवश्यक तालिम वा स्वास्थ्यसम्बन्धी अध्ययन पूरा गरेको हुनुपर्छ।

आवेदकले सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ। यसअघि इजरायल नगेका र परिवारका सदस्य इजरायलमा कार्यरत नभएका व्यक्तिले मात्र आवेदन दिन पाउनेछन्। अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेका उम्मेदवारको अन्तिम छनोट इजरायली पक्षले गोलाप्रथामार्फत गर्ने जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...