Saturday 3rd October 2026

बाढी र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध


लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा पहिरो खस्दा काठमाडौँ–धादिङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

रसुवामा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्लाका मुख्य राजमार्गहरू पनि प्रभावित भएका छन्।

धादिङको कृष्णभीरमा पहिरो गएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। त्रिभुवन राजपथको सोयाङखोला खण्ड पनि अवरुद्ध रहेको छ।

नुवाकोटमा टोखा–छहरे सडकखण्ड पहिरोका कारण प्रभावित भएको छ भने रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

प्रहरीले यात्रामा निस्किनुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा सतर्कता अपनाउन आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...