Saturday 24th October 2026

इजरायलले दक्षिण लेबनानमा हिजबुल्लाहका सुरुङ ध्वस्त गर्‍यो


इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती सुरुङहरू इरानको सहयोगमा दुई दशकदेखि निर्माण गरिएका थिए।

विस्फोटपछि उक्त क्षेत्रमा ४.१ म्याग्निच्युडको कम्पन महसुस भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। स्थानीय बासिन्दाले पनि ठूला विस्फोटको आवाज सुनेको बताएका छन्।

इजरायली सेनाले सुरुङभित्र इरानी रकेट, मिसाइल, ड्रोन, बारुदी सुरुङ तथा हिजबुल्लाहको कमाण्ड सेन्टर फेला परेको दाबी गरेको छ। पछिल्ला दिनहरूमा इजरायल र हिजबुल्लाहबीचको तनाव पुनः बढ्दै गएको छ।

लेबनानका अधिकारीहरूका अनुसार मार्चदेखि हालसम्म इजरायली आक्रमणमा ४,३०० भन्दा बढी मानिसको ज्यान गएको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...