Saturday 3rd October 2026

यमनमा युद्ध चर्कियो, बालबालिकासहित ३ को मृत्यु


यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक शिशुसहित तीन बालबालिकाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

सरकारी सञ्चारमाध्यमले पछिल्लो ४८ घण्टाभित्र भएको यो दोस्रो आक्रमण भएको जनाएको छ। यसअघि भएको अर्को आक्रमणमा पनि दुई बालबालिकाको ज्यान गएको र १५ जना घाइते भएका थिए।

यता हुथीहरूले भने साउदी अरेबियाले पछिल्लो १२ घण्टामा ५४ वटा हवाई आक्रमण गरेको दाबी गर्दै त्यसको बदला लिने चेतावनी दिएका छन्। साथै, साउदी आक्रमणमा एक जेलमा कम्तीमा ३२ जनाको मृत्यु भएको उनीहरूको भनाइ छ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार पछिल्ला झडपहरूमा १ हजारभन्दा बढी व्यक्ति मारिएका वा घाइते भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन्।

विश्लेषकहरूका अनुसार अमेरिका–इरान तनाव बढेसँगै यमनको युद्धले क्षेत्रीय सुरक्षा संकटलाई अझ गम्भीर बनाउँदै लगेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...