Sunday 5th May 2024

खबरदार ! हामीले गास काटेर गरेको सहयोगमा उद्दारको नाममा गद्दार नगरियोस


हरी कृष्ण न्यौपाने, कुवेत – आज म अत्यान्त दुखित छु किनकी लामो समयदेखी देश-बिदेशबाट सबै नेपालीहरुले आफ्नो गास काट्दै,खाजा-नास्ता गर्ने पैसा बचाएर आ-आफुले सकेको सहयोग गर्दै आफ्नो सामान सहितको लरी(ट्रक)हराए पछी त्यसमा रहेको तामाको तारको पैसा तिर्न नसक्दा जेलमा कठिन जीवन बिताएर गत अगस्ट ५-तारिक आईतवार घर फर्काइेका ईलाममा प्रेम राइ घर पुगेको र आफ्नो खुशी साटा-साट गर्न नपाउदै उनको अभियानको मुल समिति प्रेमको नाममा उठेको सहयोग रकमबाट धेरै पैसा अन्य प्रायोजनमा प्रयोग गरे पछी बिबादमा तानिएको छ । उक्त प्रेम राइ बचाउ अभियान मुल समितिले रिपोर्टर्स क्लब काठमाण्डाैंमा अस्ती १०,अगस्ट,२०१८ शुक्रबार गरेको पत्रकार सम्मेलनमा करिब ४५ लाख नेपाली रुपैया जरिवाना तिरेर स्वदेश फर्किन पाउने प्रेम राइको लागि उठाइएको रकमबाट करिब २३ लाख अन्य खर्च भएको प्रति हामी सबै अत्यान्तै दुखित भएका छौ।

मलाई प्रेम  राइ साउदीमा २० कोरा सजाय भोगेर सामानको पैसा तिर्न नसकेर अनाहकमा जेलको बन्द कोठामै बस्नु पर्दाको पीडालाई बिर्साउदै सबैको सहयोगमा आफ्नो घर,आफ्नो बुवा-आमा, श्रीमती अनी छोरा-छोरी अनी आफ्न्तसंग संगै हुन पाएकोमा गर्ब र खुशी लागेको छ। देश-बिदेशबाट जस-जसले साथ सहयोग गरे सबै सहयोगको आबहान गर्ने अभियन्ता देखी सहयोग दाताहरुमा आभारी छु किनकी ईलामको गरीब परिवारको एक नेपाली छोरोले साउदीमा जेलमै सडन हुँदैन भन्दै म पनि कुवेतबाट प्रेम राइको लागि आँफैले सहयोग गर्दै सहयोग उठाउन लागि परेको हुनाले प्रेम राइको उद्दारमा लाग्ने सबैलाई सम्झन र नमन गर्न चाहन्छु।

प्रेम राइ बचाउने सम्बन्धमा ज-जसले मैले गरे भनेर जस लिन चाहे पनि हामी सबैको चाहना प्रेमलाई घर फर्काउनु थियो।सबैको सहयोगमा उनलाई घर फर्काइयो, यो नै हामी सबैको खुशी हो। जहासम्म अभियानको शुरुवातीका दिनहरुमा उनका आफ्नै दाई चक्र कुलुङ राइ र भाउजु पनि कुवेतमै कार्यरत भएका कारण उनीहरुले पत्रकार भएकै कारण र यस  भन्दा पहिला पनि अन्य अभियानहरुमा हामीले हातेमालो गरेकै कारण हामीलाई सम्झिए। नेपाल पत्रकार महासंघ कुवेत शाखाको अध्यक्षकै हैसियतले प्रेमका दाजु चक्रलाई मैले प्रकृयाहरु र गर्न सकिने सम्भाबनाहरुका बारे बताउँदै साउदी र कुवेतको दूतावासका सचिबहरु संग पनि समान्वय गराएँ। नेपाल-साउदी लगाएत विश्व भरबाट पनि आ-आफ्नै ठाउँ अनी परिस्थिती र सम्भाब्यताबाट प्रेमको उद्दारका काम शुरु भए। हामीले कुवेतमा पत्रकार सम्मेलन गरेरै प्रेमका दाजुलाई सबै माझ प्रेमको मुद्दा, पारिवारिक समस्या र उद्दारबाट उठेको रकम पारदर्शिताको लागि स्पष्ट पार्न लगाएका थियौ।

रात-दिन, साँझ-बिहान नभनी देश-बिदेशमा सबै अभियन्ताहरु प्रेमलाई बचाउन सहयोगको भिक्षा माग्दै हिडिरह्यौ । मिडियाहरुले पनि अपडेट दिई राखे।देशका मुल धार देखी विदेशका अनलाइन र सबै नेपालीहरुको फेसबुक पेजमा प्रेम बचाउ अभियानका लागि सबैले अाव्हान गरिरहे।

अन्तत: अनेकन कानुनी र आर्थिक समस्यालाई चिर्दै प्रेम राइ गत हप्ता मात्र आफ्नो परिवारको काखमा पुगे।देश-बिदेशबाट उठेको सहयोग रकमहरुलाई संकलन गर्दै आबश्यकता अनुसार खटन-पट्न गर्ने जिम्मा पाएको प्रेम राइ बचाउ अभियान मुल समिती नेपालले अस्ती मात्र हिसाब सार्वजनिक गर्‍यो।जसमा भनिएको छ:-सहयोग रकम ९२ लाख ८ सय एकाउन्न, बैंकबाट प्राप्त ब्याज ९ हजार १ सय ४ रुपैयाँ गरि जम्मा ९२ लाख ९ हजार ९ सय पचपन्न जम्मा भएको छ।यता खर्च तर्फ भने खर्च तर्फ भने संचार तथा कार्यालय ब्यावस्थपन ६ लाख ९ हजार १५ रुपैयाँ,बैठक तथा अतिथि सत्कार खर्च १ लाख ८८ हजार ७ सय ४७ रुपैयाँ, यातायात खर्च २ लाख ४ हजार ३ सय ९० रुपैयाँ, प्रेमबहादुरका परिवार खर्च ८ लाख ८० हजार ४ सय ६५ रुपैयाँ, स्रोत खोजी १ लाख ३३ हजार ९ सय रुपैयाँ, साउदीमा समन्वय खर्च ३ लाख २५ हजार रुपैयाँ,बिगो बापत रकम भुक्तानी ४३ लाख ३४ हजार १ सय ६ रुपैयाँ र बैंक ब्याज, कर तथा शुल्क ७ सय ८५ रुपैयाँ गरि जम्मा ६६ लाख ७६ हजार ४ सय ८ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेको छ ।अब यहाँ बिशेष गरी साउदीमा समन्वय खर्च ३ लाख २५ हजार रुपैयाँ,बिगो बापत रकम भुक्तानी ४३ लाख ३४ हजार १ सय ६ रुपैयाँ बाहेकका यती ठुलो रकम किन र कहाँ गरियो?

हामी सबैलाई प्रेम राइ बचाउ अभियान मुल समिती नेपालले जवाफ दिनै पर्छ।उनीहरुको त्यही जवाफको आधारमा हामीहरुले पनि सबै सहयोगीहरुलाई बुझाउनु पर्ने हुन्छ।

अन्तमा अनिश खालिङ राइ(संखुवासबा-दुबइ जेलबाट नेपाल फर्काइेएका), रामचन्द्र तिमल्सिना(काभ्रे) र थानेस्वर भुसाल(नवलपरासी) साउदी जेलबाट फर्काइेका अभियानहरुमा जस्तै तै-चुप-मै-चुपको हिसाबमा प्रेम बचाउ मुल समिती नबसोस र बिबादिद नबनोस।आजैबाट सहयोगीहरुले फोन गर्न थालेका छन।यदी यस्तै गरी हामी सबैले गास काटेर गरेको सहयोगमा उद्दारको नाममा गद्दार गरियो भने अन्य पीडित र अन्यायमा परेका नेपालीहरु धेरैले बिदेशी जेल र नेलमा आफ्नो प्राण त्याग गर्नु पर्नेछ। त्यती मात्र होइन, कुनै पनि मानब परोपकारी,सहयोगका अभियान सन्चालन गर्न सकिने छैन र पीडित झनै पीडित तथा बिचल्लीमा परेकाहरुको अझै बिल्लिबाठ हुनेछ।त्यसैले आजैबाट प्रेम राइलाई बचाउनका लागि सानो देखी ठुलो सहयोग गर्ने सबैले भन्नै पर्ने हुन्छ, खबरदार!हामीले गास काटेर गरेको सहयोगमा उद्दारको नाममा गद्दार नगरियोस !


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...