Saturday 10th October 2026

सुनुवार सेवा समाज कुवेतका अध्यक्षको हृदयघातको कारण निधन


हरी कृष्ण न्यौपाने- कुवेतको नेपाली समाजमा लामो समय देखी हातेमालो गर्दै आएका सर्लाहीका ३७ बर्षिय गुण बहादुर सुनुवारको हृदयघातको कारण आज अगस्ट-१०,२०१८ शुक्रबारका दिन निधन भएको छ।राहदानी नं-०७२९४४७७ रहेका मृतक सुनुवार सेवा समाज कुवेतका अध्यक्ष तथा संङघिय समाज फोरम कुवेतका उपाध्यक्ष थिए।

कुवेतको नेपाली समाजका अभियन्ता,संचारकर्मी तथा मृतक गुण बहादुरका साथी दिल कुमार पाख्रिनले तितोपाटी डटकम संग भने”लामो समय देखी कुवेतको हट इन्जिनियरिङ्ग कम्पनीमा सुपर्भाइजरको काम गर्दै आएका मृतक गुण बहादुर हिजो राती कामबाट आएर खाना खाएर राती १:०० बजे सुतेका थिए।बिहान अली बढी टाउको दुखे पछी उनी अस्पातल जानको लागि निस्किएका थिए।अस्पातल जान निस्किएका गुण बहादुरलाई कुवेत प्रहरीले आफु बस्ने घरकै बाहिर लडीरहेको अवस्थामा फेला पारे पछी प्रहरीले नै कुवेतको आदान अस्पातलमा लगेको थियो।अस्पातल पुगेको केही समय पस्चात डाक्टरले उनलाई हृदयघातको कारण मृत घोषणा गरेको थियो।”


मृतकको बारेमा उनको घर-परिवार, कम्पनी तथा नेपाली दूतावासलाई खबर गरी सकिएको छ।मृतक गुण बहादुरको शबलाई कुवेतको आदान अस्पातलबाट कानुनी प्रकृयाको लागि आदान अस्पातल लगिदै गरिएको छ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...