Saturday 10th October 2026

म्याग्देली चेली १२ वर्ष देखि कुवेतमा सम्पर्क बिहिन, खोजीका लागी आग्रह


चन्द्र बिश्वकर्मा – रोजगारिको सिलसिलामा भारतीय अबैधानिक बाटो हुँदै कुवेत आएकी म्याग्दी मंगला गाउपालिका – ५ अर्मन धाराकी मन कुमारी सुनार १२ वर्ष देखि घर परिवार संग सम्पर्क बिहिन भएकी छिन । उनी बि.सं. २०६० सालमा भारतीय बाटो हुँदै कुवेत आएकी हुन ।

घर परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले विदेश आइ पैसा कमाएर घरपरिवारको अार्थिक स्थिति सुधार्ने  सपना बोकी आएकी मन कुमारी एकाएक सम्पर्क बिहिन भइन भने उनले सानैमा छोडेर अाएकी छोरीको विवाह हुँदा समेत नफर्किएपछि घर परिवार बिलखबन्दमा परेका छन् । उनी १५ वर्ष अघि साना २ वटा छोरीहरु माइतमा छोडेर आएपछि नेपालमा रहेका उनको घरपरिवार संग कुवेत आएको लगभग २ वर्ष सम्ममा कहिले काहीँ सम्पर्क हुने गरेको थियो । गाउँ घरमा उतिबेला मोबाइल र नेटवर्क पनि नभएकोले नियमित सम्पर्क हुन पनि धेरै कठिन थियो । घरदेखी एक घन्टाको बाटो हिडेर मंगला गाउपालिकाको केन्द्र बाबियाचौर आएर फोनमा कुरा भएको उनको बाबा कमारा सुनारले बताएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतका सचिव शेर सुनारले तितोपाटी डट कमलाई जानकारी गराएका छन ।

लामो समयसम्म छोरीको कहि कतै बाट केही खबर पाउन नसकेपछि बाबा आमा र छोरीहरु निकै चिन्तित भएका छन । लामो समय सम्म केही खबर नपाउदा बुढेसकालका बाबा, आमा र छोरीहरु रात दिन दस धारा आँसु झार्दै उनी कहिले घर सम्झी फर्किलिन भन्ने अाशामा बसेका छन । गाउकै केही चिनजान भएका कुवेतमा कार्यरत ब्यक्तिलाई समेत खोजिदिनको लागि बारम्बार अनुरोध गरेको भएपनि कसैले नभेटेको र नदेखिएको बताएका छन ।

हालसालै मात्र कुवेतमा स्थापना भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले पनि उनको खोजी गर्ने संयोजक प्रेम बहादुर बिश्वकर्माले बताएका छन । उनको घरमा सम्पर्क गरि बुझ्दा पासपोर्टको फोटोकपी समेत नभएको हुँदा खोजी गर्न पनि निकै गाह्रो हुने प्रेम बहादुर बिश्वकर्माले बताएका छन ।

१२ वर्ष देखि सम्पर्क बिहिन छोरीको अवस्था पत्ता लगाइ सकुशल घर फर्काइदिनको लागि उनको बाबा कमारा सुनारले नेपाली राजदुतावास कुवेत , कुवेतमा कृयाशिल विभिन्न संघ-सँस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकार तथा सम्पुर्ण नेपालीहरुलाई हार्दिक अनुरोध गरेका छन ।

यदी तपाईहरुले मन कुमारी सुनारलाई चिन्नु हुन्छ र ऊनको बारेमा केही जानकारी छ भने कोसेली समुह कुवेत, नेपाली दूतावास कुवेत वा म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतमा सम्पर्क गर्नु होला ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...