Saturday 10th October 2026

कुवेतमा चौध महिना देखी उपचाररत लाल कुमारी ह्विल चेयरमै घर फर्काइन


हरि कृष्ण न्यौपाने-कुवेतमा घरेलु महिला कामदारको रुपमा काम गर्न आई घरबाट भागेर अबैधानिक रुपमा काम गर्दै गरेकी मोरङकी लाल कुमारी लावती एक्कासी बेहोस भएर ढलेर अस्पातल पुर्याइएकी थिईन।लाल कुमारीलाई १४ महिना अघी कुवेतको सभा आइबीएन सिना अस्पातल (Sabha IBN Sina Hospital)मा पुर्याइएकोमा उनलाई ब्रेन हाम्रेज(ब्रेनमा नसा फुटेको) भएको तथा अप्रेशनबाट ब्रेन ह्याम्ब्रेज निको भए पनि त्यही कारणले प्यारालाइसिस भए पछी लामो समय देखी उनी अस्पातलको बेडमै छट्पटाइ रहेकी थिईन।अन्तत बिबिध कानुनी प्रकृया पुरा गर्दै नेपाली दूतावस कुवेतको पहलमा अस्पातलको सम्पूर्ण खर्च मिनाहा गराइ एक सहयोगीको साथ लाल कुमारीलाई आज जुलाई २४ तारिक जेट एयरबाट ह्विल चेयरमै घर फर्काइएको छ।

नेपाली दूतावासका सहचारी मनोज कुमार सिंहले तितोपाटी डट कम संग भने” लाल कुमारी राम्रो संग बोल्न सक्ने र सुधारोन्मुख स्वास्थ्य अवस्थामा भए पनि प्यारालाइसिसको कारण हिंड्न नसक्ने हुनाले उनलाई सहयोगीको साथ आज घर फर्काइएको हो।सिंहले भने”१४ महिना देखी उनी अस्पातलको बेडमा छटपटाइ रहेकी थिइन।१४ महिनाको उनको उपचार खर्च करिब ७,५०० केडी(नेरु करिब सत्ताइस लाख)अस्पातल संग धेरै पटक अनुरोध गरेर मिनाहा गराइएको हो।उनको कानुनी प्रकृया र राम्रो उपचारको लागि नेपाली दूताबासले निरन्तर सहयोग गरिरहेको थियो।नेपालबाट आएको ३ महिनामै साहुको घरबाट भागेर अबैधानिक रुपमा काम गर्दै गर्दा यस्तो गम्भिर बिरामी परेकी लाल कुमारीको घर परिवार पनि अत्यन्तै चिन्तामा थिए।अब उनलाई सामान्य थेरापी र पारिवारिक माया, ममता र सहयोगले पनि प्यारालाइसिस निको हुन सक्छ।”

सन २०१७ जनावरीमा अबैधानिक बाटो हुँदै कुवेतमा घरेलु महिला कामदारको रुपमा काम गर्न आएकी बिराटनगर-१६, मोरङकी लाल कुमारी नेपालबाट कुवेत आएको ३ महिनामै घरबाट भागेर अबैधानिक रुपमा काम गर्दै गर्दा आकस्मात ढलेर बेहोस भएकी थिईन।घरमा श्रीमान, दुई छोरी र् एक छोरा भएकी लाल कुमारीलाई लिन उनकै छोरी प्रितीहाङ लावती र भाई बर्म सुन्दर शर्मा काठमान्डौ आएका छन।

उनलाई नेपाल फर्किन ह्विल चेयर अनी सहयोगी समेतको टिकट एजेन्टले ब्यहोरेकोले पनि लाल कुमारीको स्वदेश फिर्तीमा केही सहजता भएको मनोज कुमार सिंहले तितोपाटी डटकमलाई बताए।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...