Wednesday 23rd September 2026

अार्यन र सामाग्रीको फिलिपिन्सको सामुद्रिक तटमा देखियो रोमान्स


तितोपाटी – आर्यन सिग्देल तथा साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर प्रेमकथा ‘कायरा’को प्रेमिल गीत रिलिज भएको छ।

फिलिपिन्समा छायाँकन गरिएको ‘सुखमा तिमीसँगै हाँसु’ बोलको गीतमा आर्यन र साम्राज्ञी समुन्द्री किनारमा रोमान्टिक अवातारमा देखिएका छन्। केतन क्षेत्रीको स्वरमा सजिएको यस गीतमा शब्द तथा रचना कोशिश क्षेत्रीको रहेको छ।

गीतको कोरोयोग्राफी प्रविण सिंहले गरेका हुन्।

आर्यन सिग्देल इन्टरटेनमेन्ट र आर एण्ड आर प्रोडक्सन को व्यानरमा निर्मित ‘कायरा’मा आर्यन र साम्राज्ञीका अलावा शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिष श्रेष्ठको अभिनय रहेको छ।

फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन्। फिल्म साउन १८ मा रिलिज हुनेछ। अभिनेता आर्यन स्वयंमले लेखेको कथाका पटकथाकार भने केदार भूषाल हुन्।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...