Friday 19th April 2024

अार्यन र सामाग्रीको फिलिपिन्सको सामुद्रिक तटमा देखियो रोमान्स


तितोपाटी – आर्यन सिग्देल तथा साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर प्रेमकथा ‘कायरा’को प्रेमिल गीत रिलिज भएको छ।

फिलिपिन्समा छायाँकन गरिएको ‘सुखमा तिमीसँगै हाँसु’ बोलको गीतमा आर्यन र साम्राज्ञी समुन्द्री किनारमा रोमान्टिक अवातारमा देखिएका छन्। केतन क्षेत्रीको स्वरमा सजिएको यस गीतमा शब्द तथा रचना कोशिश क्षेत्रीको रहेको छ।

गीतको कोरोयोग्राफी प्रविण सिंहले गरेका हुन्।

आर्यन सिग्देल इन्टरटेनमेन्ट र आर एण्ड आर प्रोडक्सन को व्यानरमा निर्मित ‘कायरा’मा आर्यन र साम्राज्ञीका अलावा शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिष श्रेष्ठको अभिनय रहेको छ।

फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन्। फिल्म साउन १८ मा रिलिज हुनेछ। अभिनेता आर्यन स्वयंमले लेखेको कथाका पटकथाकार भने केदार भूषाल हुन्।


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...