Thursday 25th April 2024

खुट्टामा क्यान्सर भएका कटी भुललाई उपचार सहयोगको खाँचो,देश-बिदेशबाट अभियान शुरु


हरी कृष्ण न्यौपाने(कुवेत)-दाहीने खुट्टामा आएको घाऊ बिस्तार फैलदै-फैलदै गई क्यान्सर स्टेज सम्म पुगेर बिकराल रुपमा खुट्टानै झर्ने अवस्थामा पुगेर हिडडुल गर्न नसक्ने अवस्थामा रहेका बैतडी दोगडाकेदार गाउँपालिका वडा नं. ६ सित्तड टोलका कटी भुललाई उपचार खर्च सहयोगको खाँचो रहेको छ।अत्यान्तै नाजुक आर्थिक अवस्था भएका कटी भुलको सहयोगका लागि देश-बिदेशबाट सहयोग अभियान आज जुलाई-०९,२०१८बाट शुरु गरिएको छ भने भुललाई बैतडीबाट उपचारका लागि काठमान्डौ ल्याइने भएको छ।

कटी भुलको अत्यान्त दर्दनाक फोटो सामाजिक सन्जाल फेसबुकमा भाईरल भए पछी उनको खोजी गर्दै जाँदा उनको परिवार तथा आफन्तबाट सहयोग र संपर्कमा आउन सक्ने कोही नभए पछी गाउपालिका पधाधिकारीहरुको सहयोगमा उनलाई उपचारको लागि काठमान्डौ ल्याउन लागिएको नेपाली साझा मंच”देशको लागि केही त गरौं”अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक तथा पत्रकार महेश श्रेष्ठले तितोपाटी डटकमलाई बताए।श्रेष्ठले भने”हामीलाई प्राप्त प्रारम्भिक जानकारीका आधारमा कटी भुलको आर्थिक अवस्था अत्यान्तै कमजोर रहेको र उनको सम्पत्तिहरु सबै बेचेर भारतमा उपचार गराउदा २ लाख भारतीय रुपैया खर्च भैसकेकोले कुनै उपाय नलागेर उनी दैनिक पिडा संग छटपटाइ रहेका छन।उनको करिब ४ महिनाको बच्चा समेत भएको र श्रीमतीले ज्याला मजदुरी गरेर खाना खुवाइ रहेकी छिन।”

यसै बिच कटी भुलको बारेमा डक्टरले Gangrene(गनगरेन-सानो घाऊ फैलदै जाँदा नसा र मासु झर्दै जाने तथा बिस्तार अंग समेत झर्दै जाने) रोग लागेको र दुई किसिमको उपचार बिधी मरेका छाला, टिसु, नसा काटेर फ्याँक्ने वा लाभ्रा किरा लगाएर उपचार गराउने पद्धति मात्र हुन सक्ने बताएको श्रेष्ठले प्र्स्ट्याए।श्रेष्ठले थपे”नेपालका निजी तथा सरकारी अस्पतालहरुले उपचार सहयोग गर्न सक्छन्, हामीले ग्र्यान्डी, नोर्भिक वा टिचिङ अस्पातलमा कहाँ उपचारको सम्भाबना हुन्छ प्रयत्न गर्दै छौ।”

नेपाली साझा मंचकी कार्यबाहक अध्यक्ष शारदा भुसाल झाले कटी भुललाई काठमान्डौ सम्म झिकाएर डक्टरलाई देखाउने र उनलाई सम्भब भए सम्मको उपचार गराउने ब्यबस्था मिलाउन आफुहरु लागि रहेको बताएकी छिन।

नेपाली साझा मंच (अन्तर्राष्ट्रिय समन्वय समिति)का अन्तर्राष्ट्रिय अभियन्ता मनविर भुल(कुवेत)ले सोबान भुल र ईन्द्र भुलको सहयोगमा बिरामीको अवस्था, घर-परिवारको सबै जानकारी केन्द्रमा पुर्याएर बिरामीलाई संपर्कमा ल्याउदै कुवेतबाट आर्थिक सहयोग संकलन शुरु गरिसकिएको बताएका छन।

यसै गरी सुदुरपश्चिमाञ्चल सेवा समाज कुवेतका अध्यक्ष अमर खड्का तथा प्रबक्ता मानबहादुर बलायर, कोसेली समुह कुवेतका कोषाध्यक्ष राजन श्रेष्ठ, पत्रकार महासंघ कुवेत शाखा अध्यक्ष हरि कृष्ण न्यौपाने, पत्रकार गणेश पाण्डे(पोर्चुगल) लगाएत नेपालबाट समेत सामाजिक अभियान्ताहरुले सहयोग अभियानमा साथ दिदै सबैलाई सहयोगका लागि आबहान गरेका छन।

तपाईं हाम्रो सानो सहयोगले कटी भुलको जिबन रक्षा हुने हुनाले “कटी भुल बचाउ अभियान”मा हातेमालोका लागि सबैलाई आबहान गर्दछौ।संपर्कका लागि :-

नेपाली साझा मंच अन्तरास्ट्रिय समन्वय समितिका संयोजक महेश श्रेष्ठ-काठमाडाैं-००९७७-९८६२१७८५०९
नेपाली साझा मंच कार्यबाहक अध्यक्ष-शारदा भुषाल झा काठमाडाैं-००९७७- ९८६२२५९८७९, ९८६३९४५०९८
नेपाली साझा मंच अन्तरास्ट्रिय समन्वय समिति (कुवेत) मनवीर भुल-००९६५-६६९४२६६२
नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेत-अध्यक्ष हरि कृष्ण न्यौपाने-००९६५-६५०४२२१६
सुदुरपश्चिमाञ्चल सेवा समाज कुवेतका अध्यक्ष अमर खड्का-००९६५-९०९६७०३०
सुदुरपश्चिमाञ्चल सेवा समाज कुवेतका प्रबक्ता मानबहादुर बलायर-००९६५-६५८५५४४०
कोसेली समुह कुवेत-कोषाध्यक्ष -राजन श्रेष्ठ-००९६५-९४७४०५५६
पत्रकार-गणेश पाण्डे-पोर्चुगल-००३५१-९२०३०२७२२
नैन सिंह ग्वाइला-नेपाल-००९७७-९८४८७३७४५५(ब्यक्ती गत १० हजार नेपाली रुपैया सहयोग गर्ने)
नब जिबन परोपकारी समाज नेपाल-दुर्गा नाथ दाहाल-नेपाल-९७७-९८५१०५९८९२
अच्युत धमला-अस्ट्रेलिया
सहयोग नेपाल सिधै पठाउनको लागि:-
Nepali Sajha Manch
Kathmandu, Nepal
Prabhu Bank
Current Account no.
02000 10086 86450 00001
SWIFT CODE: PRVUNPKA
SATHI ABHIYAN नेपाली साझा मंचको साथी समूह


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...