Thursday 26th March 2026
ट्रेन्डिङ
Image

म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ भने भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको त्यहाँको सैनिक सरकारले जनाएको छ । सेनाले भूकम्पबाट घाइते हुनेको संख्या ३४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेको बताएको छ । त्यहाँका सैनिक प्रमुख जनरल मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझै…

Image

राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कर्फ्यु आदेश जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको हो। प्रशासन कार्यालयले सूचना जारी गरेर अपराह्न ४ः२५ बजेदेखि राती १०…

Image

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए-एनसीसी) कुवेतले हालै सामाजिक सञ्जालमा भइरहेको भ्रामक प्रचारबाजीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्दै आफूलाई एनआरएनए-एनसीसी कुवेतको पदाधिकारी भएको झुटो दाबी गरिरहेको जानकारी गराएको छ। उक्त विषयमा स्पष्ट पार्दै एनआरएनए-एनसीसी कुवेतले २९ जुलाई २०२३…

Image

गुलाम नवि मन्सुर/ कुवेत- देश भर आन्दोलन छ नेपालमा आन्दोलन कुनै नौलो कुरा होइन। यहाँ जनता कहिले गणतन्त्रका लागि आन्दोलन गर्छन्, कहिले जनता कहिले राजतन्त्रको समर्थनमा निस्कन्छन कहिले संघीयताको विपक्षमा नारा लगाउँछन्। कहिले महँगीविरुद्ध, कहिले भ्रष्टाचारविरोधी प्रदर्शन हुन्छ। कहिले रवि लामिछानेलाई बचाउन भिड उत्रिन्छ, कहिले कुलमान घिसिङलाई हटाएको विरोधमा सडक…

Image

बैदेशिक रोजगारीमा जाने श्रमिकको नक्कली मेडिकल रिपोर्ट रोक्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डिजिटलाइज गर्ने भएको छ ।गलत मेडिकल रिपोर्ट दिने अभ्यासलाई नियन्त्रण गर्न डिजटलाइज गर्नुपर्ने उच्चस्तरीय विशेषज्ञ सम्मिलित कार्यदलको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । मंसिर ११ गते तत्कालीन अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंहको नेतृत्वमा गठित उच्चस्तरीय…

Image

गुलाम नवी मन्सूर/कुवेत- नेपालको सीमित रोजगारीको अवसर, आर्थिक अस्थिरता, राजनीतिक अनिश्चितता तथा सीपमूलक शिक्षा अभावका कारण लाखौँ नेपालीहरू वैदेशिक रोजगारी वा उच्च शिक्षाको खोजीमा विदेशिने गरेका छन्। विदेशमा बसेर संघर्ष गर्ने नेपालीहरूको कथा फरक भए पनि उनीहरूको उद्देश्य लगभग समान हुन्छ—आर्थिक समृद्धि, सुरक्षित भविष्य र परिवारको उज्ज्वल भविष्य । नेपालका…

Image

हिजबुल्लाहविरुद्ध इजरायलले शनिबार हालसम्मकै ठुलो हवाई आक्रमण गरेको छ। इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहका धेरैवटा रकेट प्रक्षेपण स्थलहरू र एउटा कमाण्ड सेन्टरलाई निशाना बनाएको बताएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको छ, जसमा एक बालक पनि छन्, भने आठ जना घाइते भएका छन्। हिजबुल्लाहले भने उक्त…

Image

राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस, हिलारी क्लिन्टनसहित विभिन्न उच्च अधिकारीहरूको सुरक्षा अनुमति (सिक्युरिटी क्लीयरन्स) रद्द गरेका छन्।शुक्रबार जारी गरिएको आदेशमा ट्रम्पले बाइडेन प्रशासनका शीर्ष अधिकारीहरू, ट्रम्पका आलोचकहरू तथा केही कानुनी अधिकारीहरूको सुरक्षा पहुँच हटाइएको बताएका छन्। उनले बाइडेन परिवारका सदस्यहरूको समेत सुरक्षा अनुमति खारेज गरेको…

Image

कुबेत, मार्च २२ — किरात याक्थुङ चुम्लुङ कुबेत, किरात राइ यायोखा कुबेत र सुनुवार सेवा समाज कुबेतले किरात समुदायका महान सांस्कृतिक पर्वहरू — यक्वा तङ्नाम, साकेला उभौली, र सलिवा स्यादर पिदार — संयुक्त रुपमा २०२५ मे १६ तारिकका दिन भव्य रुपमा मनाउने तयारी गरेका छन्। उक्त अवसरमा नेपालबाट विशेष अतिथि…

Image

हरेक वर्ष २१ मार्चमा मनाइने विश्व डाउन सिन्ड्रोम दिवसको अवसर पारेर लुलु हाइपरमार्केटले यसको कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) पहलहरूको एक भागको रूपमा अल रेसाला द्विभाषी विद्यालयको विशेष शिक्षाका विद्यार्थीहरूलाई आफ्नो सहयोग विस्तार गर्‍यो । मार्च २०, २०२५ मा, लुलु हाइपरमार्केटको वरिष्ठ व्यवस्थापन टोलीले समावेशीता र सशक्तिकरणलाई बढावा दिने अर्थपूर्ण कुराकानी…