Wednesday 7th October 2026

एनआरएनए एनसीसी कुवेतद्वारा भ्रामक प्रचारबाजीप्रति खण्डन


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए-एनसीसी) कुवेतले हालै सामाजिक सञ्जालमा भइरहेको भ्रामक प्रचारबाजीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्दै आफूलाई एनआरएनए-एनसीसी कुवेतको पदाधिकारी भएको झुटो दाबी गरिरहेको जानकारी गराएको छ। उक्त विषयमा स्पष्ट पार्दै एनआरएनए-एनसीसी कुवेतले २९ जुलाई २०२३ मा कुवेत सिटीस्थित INN AND GO Plaza Hotel मा सम्पन्न अधिवेशनबाट रण ध्वज लामा नेतृत्वको कार्यसमिति विधिवत रूपमा चयन भइसकेको जनाएको छ।
विज्ञप्तिमा संस्थाले एनआरएनए-एनसीसी कुवेतसँग सम्बन्धित कुनै पनि भ्रम नफैलाउन अनुरोध गरेको छ। साथै, संघ संस्थाका नाममा गलत सूचनाहरू फैल्याएर समाजलाई झुक्याउने कार्य नगर्न सबैलाई सचेत गराइएको छ।
एनआरएनए-एनसीसी कुवेतले सामाजिक सञ्जालमा संघको नाम दुरुपयोग गरी फेसबुक पेज सञ्चालन गर्ने तथा अनधिकृत समूहहरूद्वारा गलत सूचना फैल्याउने कार्यको घोर भर्त्सना गर्दै त्यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। साथै, नेपाली समुदायलाई मेलमिलाप, भाइचाराको सम्बन्ध मजबुत बनाउन आग्रह गर्दै कुनै पनि भ्रामक सूचनाको पछि नलाग्न अनुरोध गरिएको छ।


सम्बन्धित शीर्षकहरु

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

प्रतिकृयाहरू
...