Monday 19th October 2026

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा राति १० बजेसम्म कर्फ्यु जारी


राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कर्फ्यु आदेश जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको हो। प्रशासन कार्यालयले सूचना जारी गरेर अपराह्न ४ः२५ बजेदेखि राती १० बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिएको छ।

गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी गरिएको हो।

राजावादीहरूको नाममा भएको प्रदर्शन हिंस्रक भएपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो। प्रदर्शनकारीले तीनकुनेको एक निजी घरमा आगजनी गरेका थिए। प्रदर्शनकारी र प्रहरीबीच झडप चलिरहेका बेला घरमा आगजनी भएको हो।

यस्तै प्रदर्शनकारीले नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड गरेका छन्।


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...