Sunday 23rd August 2026

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा राति १० बजेसम्म कर्फ्यु जारी


राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कर्फ्यु आदेश जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको हो। प्रशासन कार्यालयले सूचना जारी गरेर अपराह्न ४ः२५ बजेदेखि राती १० बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिएको छ।

गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी गरिएको हो।

राजावादीहरूको नाममा भएको प्रदर्शन हिंस्रक भएपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो। प्रदर्शनकारीले तीनकुनेको एक निजी घरमा आगजनी गरेका थिए। प्रदर्शनकारी र प्रहरीबीच झडप चलिरहेका बेला घरमा आगजनी भएको हो।

यस्तै प्रदर्शनकारीले नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड गरेका छन्।


सम्बन्धित शीर्षकहरु

हिन्दू, इस्लाम, यहूदी, बौद्ध र ख्रीष्टियन परम्पराले “ब्रह्माण्ड कसरी आयो?” भन्ने प्रश्नको एउटै उत्तर दिँदैनन्। कतै सृष्टिकर्ता परमेश्वर केन्द्रमा हुनुहुन्छ,…

गाजामा युद्धले खेलमैदान, विद्यालय र पौडी पोखरीसमेत ध्वस्त बनाइरहेका बेला Tantish Swimming Academy ले बालबालिकालाई समुद्रमै पौडी सिकाउने अभियान सुरु…

इरानी सांसदहरूले अमेरिकाको आर्थिक प्रतिबन्ध र इरानमाथि भएका सैन्य कारबाहीलाई कारण देखाउँदै परमाणु अप्रसार सन्धि (NPT) बाट औपचारिक रूपमा बाहिरिने…

प्रतिकृयाहरू
...