Friday 18th July 2025

तीन किरात समुदायद्वारा संयुक्त रुपमा महान पर्व मनाउने तयारी, अन्य संघ–संस्थालाई मिति नजुधाउन आग्रह


कुबेत, मार्च २२ — किरात याक्थुङ चुम्लुङ कुबेत, किरात राइ यायोखा कुबेत र सुनुवार सेवा समाज कुबेतले किरात समुदायका महान सांस्कृतिक पर्वहरू — यक्वा तङ्नाम, साकेला उभौली, र सलिवा स्यादर पिदार — संयुक्त रुपमा २०२५ मे १६ तारिकका दिन भव्य रुपमा मनाउने तयारी गरेका छन्।

उक्त अवसरमा नेपालबाट विशेष अतिथि कलाकार सहित सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने जानकारी आयोजक संस्थाहरूले दिएका छन्। कार्यक्रमलाई सफल र सबै समुदायको सहभागितायोग्य बनाउन अरू सम्पूर्ण संघ–संस्थाहरुलाई सोही दिन कुनै अन्य कार्यक्रम नजुधाउने हार्दिक अनुरोध समेत गरिएको छ।

संस्थाहरूका अनुसार कार्यक्रमको स्थान र सहभागी कलाकारहरूको विस्तृत विवरण केही दिनमै सार्वजनिक गरिने छ।

संयुक्त आयोजकहरूले किरात समुदायको पहिचान, संस्कृति र एकता झल्किने यो पर्वलाई कुबेतमा विशेष महत्वका साथ मनाउने उद्देश्य राखेका छन्।

अधिक जानकारीका लागि आयोजकसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

प्रतिकृयाहरू
...