Monday 19th October 2026

म्यानमारमा गएको ७.७ म्याग्निच्युट भूकम्पको कारण १६४४ भन्दा बढिको मृत्यु


म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ भने भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको त्यहाँको सैनिक सरकारले जनाएको छ । सेनाले भूकम्पबाट घाइते हुनेको संख्या ३४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेको बताएको छ ।
त्यहाँका सैनिक प्रमुख जनरल मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझै बढ्नसक्ने बताएका छन् ।

म्यानमारको धेरै भागमा आपत्काल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मृत्यु हुनेको संख्या हजारौँमा हुनसक्छ।


सम्बन्धित शीर्षकहरु

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

प्रतिकृयाहरू
...