Saturday 3rd October 2026
राम्रो नेपाल
Image

प्रधानमन्त्री बालेन शाहले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग एक्लाएक्लै भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, पारस्परिक हित तथा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री बनेपछि विदेशी राजदूतहरूसँग व्यक्तिगत भेट नगर्ने आफ्नो पूर्वअवस्था तोड्दै शाहले पहिलो पटक यस्तो…

Image

नेपालमा नाबालिगको डिम्ब (अण्डाणु) संकलन तथा किनबेचसँग सम्बन्धित प्रकरणले नयाँ मोड लिएको छ। ललितपुरस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेन्टरमा नाबालिगको डिम्ब निकालिएको आरोप सार्वजनिक भएपछि प्रहरी र सरकारी निकायहरूले अनुसन्धान तीव्र बनाएका छन्। प्रकरणमा संलग्न रहेको आशंकामा विभिन्न व्यक्ति र संस्थाको भूमिका छानबिन भइरहेको छ। यसै क्रममा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ…

Image

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था लागू गरेको छ। प्रधानन्यायाधीशसहित सर्वोच्चका सबै न्यायाधीशका इजलासमा यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो। नयाँ व्यवस्थाअनुसार फैसला बाहेकका आदेशहरू एकै दिन अनलाइन प्रणालीमा उपलब्ध गराइनेछन्। यसबाट मुद्दाका पक्ष, कानुन व्यवसायी तथा…

Image

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र निरेम प्रोडक्सन प्रालिले नेपाली राजदूतावास कुवेतका तृतीय सचिव नविन पराजुलीलाई सफल कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका अवसरमा सम्मान तथा बिदाइ गरेका छन्। कार्यक्रममा महासंघका अध्यक्ष एकराज मल्लले पराजुलीले कुवेतमा कार्यरत नेपाली श्रमिक तथा समुदायको हकहित र समस्याको समाधानका लागि पुर्‍याएको योगदानको प्रशंसा…

Image

गुलाम नबी मन्सुर, कुवेत - जब देशका ऊर्जाशील युवाहरूले पालैपालो आफ्नै शरीरमा आगो लगाएर जीवन अन्त्य गर्नुपर्ने अवस्था सिर्जना हुन्छ, तब सडकको अनुशासन र कानुनका ठेलीहरूले मात्र नागरिकको पेट र मन दुवै भर्न सक्दैनन्। केही दिनयता युवाहरूले गरेको आत्मदाहको यो भयावह र हृदयविदारक शृङ्खला कुनै सामान्य दुर्घटना होइन; यो देशको…

Image

तनहुँ सेवा समाज कुवेतको चौथो अधिवेशन तथा २१३औँ भानु जयन्ती समारोह १० जुलाई २०२६ शुक्रबार कुवेतको मंगाफस्थित मेमोरिज हलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि निरज क्षेत्रीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समाजका अध्यक्ष सोमबहादुर खत्रीको सभाध्यक्षता तथा नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव…

Image

१५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा…

Image

सरकारले युरोपका देशहरूमा नेपाली श्रमिकलाई व्यवस्थित रूपमा पठाउने प्रक्रिया संस्थागत रूपमा खोल्ने तयारी गरेको छ, ताकि व्यक्तिगत रूपमा जाँदा हुने ठगी रोक्न सकियोस्। यसका लागि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको छ र आवश्यक परे आफ्नै संयन्त्र विस्तार गर्ने विकल्प पनि राखिएको छ। भिजिट भिसाको दुरुपयोग गरी हुने मानव तस्करीलाई…

Image

सरकारले भाडामा प्रयोग हुने सवारी साधनहरूको वार्षिक आयकर दर उल्लेख्य रूपमा बढाएको छ। साना देखि ठूला तथा विद्युतीय सवारीसम्म करमा १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म वृद्धि गरिएको छ। नयाँ दर अनुसार विभिन्न सीसीका कार, जिप, भ्यान आदिको कर बढाइएको छ भने ट्रक, बस, मिनी ट्रक, टिप्पर, र हेभी…

Image

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ । देशका विभिन्न जिल्लाबाट विभिन्न गैरसरकारी संस्थाका करिब ३५ जना प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो । सामाजिक नेतृत्व, संस्थागत सुदृढीकरण, समुदायसँगको सहकार्य तथा युवाको सक्रिय भूमिकालाई केन्द्रमा राखेर कार्यक्रम…