Monday 3rd August 2026
राम्रो नेपाल
Image

तितोपाटी - रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आफ्नो १ वर्ष बराबरको तलब विपन्न विद्यार्थीहरुलाई वितरण गरेका छन् । घिमिरेले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका ४४ विद्यार्थीलाई ३ लाख ८५ हजार रुपैयाँ आइतबार बाँडेका हुन् । तिलोत्तमामा ४४ वटा सामुदायिक विद्यालय छन् । सम्बन्धित वडा कार्यालयको सिफारिस अनुसार विद्यालयबाट छनोट…

Image

तितोपाटी - नेपाली कांग्रेसले बलात्कारीलाई मृत्युदण्डको कानून बनाउन माग गरेको छ । आइतबार संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी दिँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने बताइन् । कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको प्रसंग उठाउँदै रेग्मीले…

Image

डा. गोविन्द केसीका माग सम्बोधन गर्न शनिबारबाटै अनौपचारिक छलफल हुँदै आए पनि यसको ‘ब्रेक–थू’ बुधबार राति बालुवाटारमा भएको हो। बुधबार दिउँसो २ बजे सिंहदरबारमा भएको द्विपक्षीय वार्ता विनानिष्कर्ष टुंगिएको थियो। सरकारले आफ्नो वार्ताटोलीलाई ‘म्यान्डेट’ का साथ पठाएको भने पनि उनीहरू चिकित्सा शिक्षा विधेयकमा कुरा गर्न मानेनन्। केसी पक्षले विधेयकमा संशोधन…

Image

करिब एक महिनादेखि थुप्रिएको काठमाडौं उपत्यकाको फोहोर उठ्न थालेको छ। यसअघि नियमितरूपमा फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर फोहोर राख्ने स्थानको अभाव भएपछि फोहोर उठ्न सकेको थिएन। सिसडोलमा व्यवस्थापन गर्ने स्थानको मात्र होइन बर्खाको कारण बाटो पनि बिग्रिएको र मर्मतको काम भइरहेकाले फोहोरको नियमित व्यवस्थापन गर्न समस्या भएको थियो।…

Image

तितोपाटी - आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घरघरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दू समुदायका…

Image

तितोपाटी - पोखराको फेवाफाँटमा धान दिवस एवं १५ औं असारे रोपाइँ महोत्सव शुक्रबार भव्य रुपमा मनाइएको छ । पोखरा पर्यटन परिषद्‍ले फेवाताल पारि पामेको ४ रोपनी खेतमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा हिलो खेलेर स्वदेशी एवं विदेशी पर्यटक रमाए । हल गोरु दौडाउने प्रतियोगिता, साउने असारे गीत गाउँदै धान रोप्ने…

Image

एउटा अक्करे भीर, दुहुनो गाई बन्न सक्छ ? धौलागिरि गाउँपालिका-४ मुदीको नाउरा भीर र पञ्चायत, बहुदल, माओवादी विद्रोह हुँदै गणतन्त्र र स्थानीय सरकारलाई भोट माग्ने र कमाउने भाँडो बन्यो । पञ्चायतदेखि बहुदलकालभरी हरेक वर्ष नाउराको भीरमा गोरेटो बाटो खन्न बजेट छुट्टिन्थ्यो । खासै प्रगति भएन । माओवादीले विद्रोहकालमा गाउँगाउँबाट मान्छे…

Image

तितोपाटी - जमिन भन्दा माथिल्लो तह (वायुमण्डल) को मौसमी सूचना अब बेलुनले बताउने छ । मौसमको यथार्थ सूचना अध्यावधिक गर्दै सरोकारवाला सहित आम नेपालीलाई थाहा दिन नेपाली आकाशमा बेलुन उड्ने भएको हो । आज बुधवारदेखि हरेक दिन विहान काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरबाट बेलुन उड्दैछ । वायुको चाप, दिशा र गति,…

Image

तितोपाटी - चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन् । बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा उक्त क्षमता बराबरको आयोजना निर्माण गर्ने…

Image

थप २५ किलोवाट निकाल्ने तयारी तितोपाटी - हावाबाट निकालिएको बिजुलीले निस्दी गाउँपालिका ४ मित्यालको रुक्सेभञ्ज्याङ बजारक्षेत्र झिलीमिली बनेको छ । गाउँपालिका केन्द्र रहेको यहाँको ४ नम्बर वडा कार्यालयले समेत बत्ती बाल्न, कम्प्युटर, प्रिन्टर चलाउन र इन्टरनेटका लागि हावाबाट निकालिएको बिजुली प्रयोग गर्दै आएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौं अल्टरनेटिभ पावर एन्ड…