Saturday 26th September 2026

कुवेतमा २५६३ औं बुद्ध जयन्ती भब्यरुपमा मनाइयो


तितोपाटी – कुवेतमा २५६३ औं बुद्ध जयन्ती भब्यरुपमा मनाइएको छ । नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा २५६३औं बुद्ध जयन्ती शान्ती पुजा पाठ तथा प्रबचन कार्यक्रम हिँजो १७ मे २०१९ शुक्रबार का दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरिय हलमा सम्पन्न भएको हो ।

 घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभाध्यक्षता तथा नेपाली राजदीतावास कुवेतका मिनिष्टर काउन्सिलर प्रकाश मणि पौडेलको प्रमुख अातिथ्यता एवं कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी,खेलाडी, कलाकार, ब्यावसायी, समाजसेवी लगायत उल्लेख्य उपस्थितिमा २५६३ बुद्ध जयान्ती मनाइएको हो ।  अत्यन्त हर्सोल्लासपुर्वक मनाइएको बुद्धजयन्ति समारोहमा सभापति, प्रमुख अतिथी,अतिथीहरु ले संयुक्तरुपमा द्दिप प्रज्वलन र केक काटेर कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो भने उपस्थित सम्पुर्ण अतीथि एवं भक्तजनहरूले लामागुरूको हातबाट टिका तथा फुल प्रसाद ग्रहण गरेका थिए भने फलफुल,सेल रोटी पानी र जुसको ब्यवस्था समेत गरिएको थियो ।

कार्यक्रमा कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका मिनष्टर काउन्सिलर प्रकाश मणि पौडेल, घेदुङ कुवेतका सल्लाहकार राजेन्द्र तमाङ, एनअारएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग,किरात राई यायोक्खा शखा कुवेतका अध्यक्ष मन्जित राई, नेपाली प्रवासी टयाक्सी ब्यवासायी संग कुवेतका अध्यक्ष सुन बहादुर तामाङ,पत्रकार हरी बाँनिय,नेपाल–कुवेत सरोकार समाज कुवेतका अध्यक्ष राम तमाङ, जन-जागृति युवा समाज, कुवेतका अध्यक्ष टिका राम आचार्य, नेपाली जनसम्पर्क समिति कुवैतका उप सभापती- माधव शर्मा लगायतले २५६३ औ बुद्द जयन्तीको शुभकामना मन्तब्य राखेका थिए ।

आफ्नो सस्कृति झल्किने नृत्य र गीतहरु समेत प्रस्तुत गरिएको उक्त समारोहमा सभाध्यक्षले कार्यक्रम सफल बनाउन प्रत्यक्ष/परोक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति अाभार प्रकट गर्दै कार्यक्रममा उपस्थित सबैलाइ धन्यवाद ज्ञापन गरेका थिए भने घेदुङ कुवेतका सल्लाहकार तथा आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङले स्वागत मन्तव्य द्वारा उपस्थित सबैलाइ स्वागत गरेका थिए । त्यसै गरि बुद्धको बारेमा धर्म गुरुले प्रष्ट पारेका थिए भने घेदुङ कुवेतका महासचिव कृष्णबहादुर तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

 


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...