Monday 27th April 2026
पत्रपत्रिका बाट
Image

भारतको पश्चिम बंगाल राज्य स्थित न्यू जलपाईगुडी छेत्रमा सोमबार बिहान यात्रुवाहक रेल मालवाहक रेलसँग ठक्कर खाँदा १५ जनाको मृत्यु भएको प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)ले जनाएको छ । सो घटनामा अरू ६० जना घाइते भएको पीटीआईले बताएको छ । सिलदह जाँदै गरेको कञ्चनजंगा एक्सप्रेसको सो रेल सोमबार रोकिरहेको अवस्थामा माल…

Image

चीनमा शनिबारदेखि लागू हुने नयाँ चीन तटरक्षा सम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको विवादित क्षेत्रमा विदेशीहरूलाई बिना कुनै परीक्षण ६० दिनसम्म हिरासतमा राख्न अनुमति दिने भएको छ । चीनले जारी गरेको नयाँ सामुद्रिक नियम जसले चीनका तटरक्षकलाई विवादित दक्षिण चीन सागरमा अतिक्रमणका लागि विदेशीहरूलाई पक्राउ गर्न अनुमति दिन्छ । बेइजिङले…

Image

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा दोस्रो पटक सिरिल रामाफोसा निर्वाचित भएका छन् । त्यहाँको संसदले सत्तारुढ अफ्रिकी नेशनल कंग्रेस (एएनसी) र विपक्षी दलहरूबीच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एकपटक सिरिल रामाफोसालाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको हो। दक्षिण अफ्रिकाको नयाँ सरकारमा रामाफोसाको एएनसी, सेन्टर-राइट डेमोक्रेटिक एलायन्स (डीए) र साना दलहरू सामेल छन्। रामाफोसा सन्…

Image

बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय भएको छ । काठमाडौं जिल्ला अदालतले न्यायाधीश गिरीलाई ७ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार वैवाहिक बलात्कार मुद्दामा गिरीलाई ७ वर्ष कैद र तीन लाख जरिवाना हुने…

Image

नेपालको पश्चिम तराइ भेगमा तातो हावाको लहरको कारण "लु" लाग्न सक्ने स्थिति देखिएको छ । पश्चिम तराइमा अझै केही दिन तातो हावाको लहर कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकोले "लु" लाग्न सक्ने स्थिति देखिएको हो । विभागले शुक्रबार विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म तातो हावा र तातो हावाको लहर चल्ने…

Image

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसद्को संयुक्त बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेस गर्न अवरोध नगर्ने ‘मध्यमार्गी’ नीति लिए पनि संसदीय समितिको अडानमै रह्यो । सोहीअनुसार कांग्रेसले संसद् अवरोध गरेको छ । प्रमुख…

Image

तितोपाटी -सिटी हाइपरमार्केट साल्मियाहले एसियाली दूतावासहरूको सहभागितामा पहिलो पटक पाक, पर्यटन र सेवा महोत्सव यही मे 24, 2024 मा आयोजना गर्ने भएको छ । सिटी हाइपरमार्केटको प्रदर्शनी क्षेत्रमा बिहान 11 बजेदेखि दिउँसो पाँच बजेसम्म उक्त कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा एसियाका दूतावासहरू , खाना सेवा र पर्यटन सम्बन्धी जानकारी प्रदान…

Image

नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको हो। कार्यालयका अनुसार पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ। पुरुष र महिलाको मृत्युको ग्याप करिब ५ वर्षले फरकले बढ्दै गएको कार्यालयको तथ्यांकले देखाएको छ। कार्यालयको तथ्यांक अनुसार सबैभन्दा…

Image

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर नेपाली खुला फुटबल प्रतियोगिता हुने भएको छ। सोल्टी एक्स्प्रेस मार्ट नेपाली उत्पादनलाइ अन्तर्राष्ट्रिय बजारसम्म परिचित गराउँदै विदेशि मुद्र नेपाल भित्र्याउने उदेश्यका साथ भखरै मात्र कुवेतको माबुल्लाको ब्लक २ को रोड…

Image

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिए। मुख्यमन्त्री कार्कीले हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई जोड्नुपर्ने बताउँदै केबुलकार र जल यातायातका माध्यमबाट त्यसो गर्न…