बेलायतमा मतगणना पूरा हुनुअघि नै लेबर पार्टी विजयी भएको छ । लेबर पार्टीको नेतृत्व गरेका सर केयर स्टारमर बेलायतको आगामी प्रधानमन्त्री हुने भएका छन् । योसँगै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किने भएको हो। शुक्रबार सार्वजनिक भएको नतिजामा लेबर पार्टीले बहुमत पार गरेको छ । ६५० सिटमध्ये ४१० भन्दा बढी…
नेकपा एमाले सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी आठ जना मन्त्रीहरुले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिएका छन् । चार महिनाअघि कांग्रेसलाई बिपक्षमा धकेलेर प्रमुख सत्ता साझेदारकारुपमा दाहाल नेतृत्वको सरकारमा सहभागी भएको एमाले अहिले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीसहित सरकारबाट बाहिरिएको छ । बुधबार अपरान्ह एमालेले सरकारलाइ दिएको समर्थन फिर्ता लिएको…
इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ। सात महिनाभन्दा लामो समयदेखि हिरासतमा रहेका अस्पतालका निर्देशक मोहम्मद अब् साल्मियासहित दर्जनौं प्यालेस्टिनी कैदीहरू सोमबार उपचारका लागि इजरायली सेनाले घेराबन्दी गरिएको गाजा क्षेत्रमा फर्केका हुन्। उनीहरूको रिहाइको पुष्टि इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गवीर र गाजाको…
रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । ६ यात्रु गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन । माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना…
बाल यौन दुराचारमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएकाे छ । सर्लाही जिल्ला अदालतले फूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बमजनलाई सो सजायँ सुनाएको हो । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बमजनलाई दोषी ठहर गरेको एक सातापछि सजाय सुनाउँदै अदालतले निजले…
गुल्मीमा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जे, ठाँटीस्थित भेषबहादुर विकको घर पहिरोले घर पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, २६ वर्षीया बुहारी…
बाढी पहिरो तथा चट्याङ जस्ता विपद्जन्य घटनामा परि गत २४ घण्टामा १४ जनाको ज्यान गएको छ भने यस अवधिमा ४४ वटा विपद्जन्य घटने घटेका छन् राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ती घटनामा हालसम्म १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने दुई जना बेपत्ता छन् । प्राधिकरणका अनुसार…
दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १९ जना प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य २५ जना घाइते भएको आरआइए नोभोस्तीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जानकारी गराएको छ । दुई अर्थोडक्स चर्च, धार्मिक सभाघर र तटीय शहर डर्बेन्ट र दागेस्तानको राजधानी मखचकलाको ट्राफिक प्रहरी चौकीमा भएको सशस्त्र झडपमा मानवीय क्षति…
चन्द्रमामा पहिला अन्वेषण नगरिएको पृष्ठभागबाट माटो र पत्थरका दुर्लभ नमुनाहरू सङ्कलन गरेर चिनियाँ अन्तरिक्षयान 'चाङ्ग-अ सिक्स' पृथ्वीमा फर्किएको छ। 'चाङ्ग'अ सिक्स' अन्तरिक्षयान मङ्गलवार इनर मङ्गोलिया मरुभूमिमा अवतरण गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। चन्द्रमाबाट सङ्कलित ती नमुनाहरूले ग्रहहरूको उत्पत्तिबारे महत्त्वपूर्ण प्रश्नको उत्तर दिन सक्ने अपेक्षा वैज्ञानिकहरूको छ। 'चाङ्ग-अ सिक्स' चीनले…
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो ६ सदस्यीय युद्ध मन्त्रिपरिषद विघटन गरेका छन् । मध्यवादी विपक्षी नेता बेन्नी गान्ट्ज र उनका सहयोगी गडी आइसेनकोटले छोडेको एक सातापछि नेतान्याहुले युध्द मन्त्रिपरिषद विघटन गरेका हुन् । गान्ट्जले युद्धपछिको गाजाबारे के हुने भन्नेबारे प्रधानमन्त्री नेतान्याहुसँग जवाफ मागिरहेका थिए । ठोस कार्ययोजना नभएको भन्दै उनीहरुले…
![]()