Wednesday 9th September 2026

पाल्पामा स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु


तितोपाटी- पाल्पामा स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु भएको छ। उनकाे तीन दिनअघि उपचारका लागि तानसेन ल्याउँदै गर्दा बाटाेमै मृत्यु भएकाे हाे । मृत्यु हुनेमा रैनादेवी छहरा गाँउपालिका वडा नम्बर १ सिद्धेश्वरमा रहेको वेद वेदाङ्ग संस्कृत तथ साधारण माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत अस्मिता कुमाल रहेको  रैनादेवी छहराका स्वास्थ्य शाखा प्रमुख जिवन रानाले जानकारी दिनुभएको छ। अत्यधिक ज्वराे आउनेजस्ता समस्या देखिएपछि उनलाई रूरू प्राथमिक उपचार केन्द्रमा उपचारका लागि पठाइएकाे थियाे । तर त्यहाँ उपचार हुन नसकेपछि तानसेन रिफर गरिएकाे र बाटामै ल्याउँदा मृत्यु भएको हो ।
स्क्रब टाइफस सङ्क्रमण भएका मानिसमा अत्यधिक ज्वराे आउने, टाउकाे दुख्ने, शरीरका जाेर्नी दुख्ने, आँखाका गेंडी राताे हुने र शरीरमा बिबिध समस्या देखिने गर्दछ  यस्ताे लक्षण देखिए तत्काल अस्पतालमा पु-याएर बिरामीकाे उपचार गर्नु पर्दछ ।यो वर्ष मात्रै पाल्पा जिल्लामा २३८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...