Wednesday 19th August 2026
पत्रपत्रिका बाट
Image

पाल्पाकाे पूर्वखाेला गाउँपालिका वडा नम्बर ५ बिरकोट स्थित स्याफतमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । भने एक जना गम्भीर घाइते भएका छन् । आर्यभाङ्ज्याङ्-ताहुँ-रामपुर सडक हुँदै साेमबार बेलुकी ४ बजेतिर रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरकाे पिकअप जिप सडकदेखि धन्नै ३ सय मिटर तल खस्दा…

Image

सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको तथा साम्प्रदायिक सद्भावनामा खलल पुर्‍याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भएर भक्तपुर बस्ने रमा बस्नेत छिन् । ३१ वर्षीया बस्नेतलाई आइतबार पक्राउ गरेर अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दीपकराज…

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एबम पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको हो । प्रहरीले अनुसन्धान सकेर करिब १ महिना अघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएकोमा…

Image

अमेरिकी सरकारको नीतिअनुसार त्यहाँ अवैधानिक आप्रवासीका रुपमा बसोबास गर्दै आएका ३७ नेपालीलाई चार्टड विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ । उक्त विमानमा ५ महिलासहित अन्य पुरुष छन् । यसअघि अमेरिकाले डिपोर्ट गरेका ९ नेपालीलाई विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान व्युरोले आफ्नो कार्यालयमा लगेर सोधपुछ गरेको थियो । यसपटक भने सोधपुछ…

Image

बिगत केही दिन देखि निक्कै चर्चामा रहेको  पाल्ल्पा  रम्भा गाउँपालिका वडा नम्बर ३ रिमिघा लेकमा भेटिएको जडीबुटी यार्सागुम्बा नै  भन्ने पुष्टि भएकाे छ । डिभिजन वन कार्यालय पाल्पाले  परिक्षणको लागि राष्ट्रिय विधि विज्ञान प्रयाेगशाला ललितपुरमा पठाएको थियो  सो जडीबुटी परीक्षण गरेसंगै  यार्सागुम्बा पुष्टि भएकाे डिभिजन वन कार्यालय पाल्पाले जनाएकाे छ…

Image

नेकपा एकीकृत समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतन्जली जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्री एबम अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको ठहर गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको उपलब्ध नेताहरुको बैठकले विगतदेखि नै पार्टी र नेताहरुकाविरुद्ध चलेको षड्यन्त्रको सिलसिला अनुसार अध्यक्ष नेपालमाथि पूर्वाग्रही ढंगले प्रतिशोध साँधिएको ठहर गरेको हो…

Image

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपालीले स्वदेश फर्किनुपर्ने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालको अहिलेको अवस्थाबारे समीक्षा र अन्यसरकारी निकायबीच परामर्शपछि टीपीएस खारेज गर्ने निर्णय भएको यूएस सिटिजनसिप…

Image

सिड्नी: आफ्ना अलग्गिएका पतिका तीन वृद्ध आफन्तहरूको हत्या गर्न विषालु च्याउ प्रयोग गरेको आरोप लागेकी एक अष्ट्रेलियाली महिलाले बुधबार घातक खाजाको बारेमा आफ्नो विवरण दिएकी छिन । जुन घटनाले सवैलाई स्तव्ध बनाएको छ । ५० वर्षीया एरिन प्याटरसनलाई जुलाई २०२३ मा उनकी सासू गेल प्याटरसन, ससुरा डोनाल्ड प्याटरसन र गेलकी…

Image

पुर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज सर्वोच्चको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गरेको हो । अब पुर्व सभामुख सापकोटासहित पूर्वऊर्जामन्त्री एवम सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धान हुने भएको…

Image

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा उनले समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरूसँग आग्रह गरे ।…