Wednesday 30th September 2026

आप्रवासी श्रमिक संजाल पाल्पाको अध्यक्षमा शर्मिला भाट


तितोपाटी-पाल्पामा अन्तरास्ट्रिय आप्रवासन दिवस २०२५ को अवसर पारेर “आप्रवासी श्रमिक सञ्जाल” गठन भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारबाट जन्मभूमि फर्किएका व्यक्तिहरूको लागि बिहीबार  अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो। सोही मौकामा  जिल्ला र तानसेन नगरपालिका स्तरीय सञ्जालको गठन गरिएको हो।

तानसेन नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा  बैदेशिक रोजगारीबाट फर्किएका पाल्पाका  १० वटै स्थानीय तहका प्रतिनिधिहरुको  सहभागितामा तानपा १० की  शर्मिला भाट अध्यक्ष रहेको जिल्लास्तरीय सञ्जाल गठन गरिएको हो । जसको उपाध्यक्षमा रामचन्द्र पंगेनी, (रामपुर), सचिवमा रामचन्द्र नेपाल (तानसेन-१२) र कोषाध्यक्षमा विजय कुमार आचार्य (रिब्दीकोट) रहनुभएको छ । त्यस्तै सदस्यहरूमा हरिप्रसाद कँडेल (रम्भा), पदम श्रेष्ठ (रैनादेवी), गणेश राना (माथागढी) दिलबहादुर ढेंगा (पूर्वखोला), निलबहादुर घर्ती मगर (बगनासकाली), कृष्ण बहादुर सुनारी (निस्दी), हर्कबहादुर दिसुवा (तिनाउ) चुनिनु भएको छ। त्यस्तै  तानसेन नगरपालिका स्तरीय समितिको संयोजकमा कपिल पाण्डे चयन हुनुभएको छ । यस अघि बुटवलमा सम्पन्न  संजालको साधारणसभाले नबराज पन्थीलाई लुम्बिनी प्रदेश कार्यसमितिमा चयन गरेको थियो ।

कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) का लुम्बिनी प्रदेश ब्यबस्थापक विजय ठाकुर र प्रतिनिधि जियाउल हकले वैदेसिक रोजगारीलाई सुरक्षित ब्यबस्थित कसरी गर्ने, वर्तमान परिवेश, अवसर र चुनौती तथा नेपालमा वैदेसिक रोजगारको प्रभाव विषयमा सहजीकरण गर्नुभएको थियो ।भने  जिल्ला संयोजक दिनेश घिमिरेले सामी कार्यक्रमको पाल्पामा बैदेशिक रोजगारीमा जान चाहाने र फर्किएका ब्यक्तिलाई के कसरी सहयोग गरियो भन्ने बिषयमा बार्षिक गतिबिधि जानकारी गराउनुभएको थियो । सोही अवसरमा आप्रवासी श्रमिक सञ्जाल लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रामु भुसालले आप्रबासी श्रमिक सञ्जालको किन र केका लागि आवश्यकता भन्ने बिषयमा  जानकारी गराउनु भएको थियाे। तानसेन नगरपालिकाका सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा र भरत आचार्यको संचालित कार्यक्रममा नगरउपप्रमुख प्रतिक्षा गाहा सिंजाली, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, घरेलु तथा साना उद्योग पाल्पाका प्रमुख केशब सुनारको उपस्थिति रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

पेरुको एक नौसेना सञ्चालित विद्यालयमा १६ वर्षीय छात्रमाथि सहपाठीहरूले सामूहिक यौन दुर्व्यवहार गरेको आरोप लागेपछि देशभर आक्रोश फैलिएको छ। घटनाको…

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले घरबाट नियन्त्रणमा लिएर करिब १० घण्टापछि पुनः परिवारको जिम्मा लगाएको घटनाप्रति सर्वोच्च अदालत बार…

तिमी बोल्दैनौ,
 तर साँझको बतासले
 तिम्रो खबर ल्याइरहन्छ। 
झ्यालको पर्दा हल्लिँदा 
लाग्छ,
कसैले मेरो नाम 
बिस्तारै उच्चारण गर्‍यो। आकाशभरि तारा छन्,
…

प्रतिकृयाहरू
...