स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच महानगरपालिका र उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा उम्मेदवार बाँडफाँटको निर्णय केन्द्रीय संयन्त्रले गर्ने सहमति भएको छ । मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रले यस्तो निर्णय गरेको हो । यस्तै नगरपालिका र गाउँपालिकाका उम्मेदवारको सन्दर्भमा मेयर, उपमेयर…
काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत ४२ जना ट्राफिक प्रहरी कार्यालय सहयोगीहरूलाई एक कार्यक्रमबीच खादा लगाएर सम्मान गरेको छ । कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतमा कार्यरत ४२ जना कार्यालय सहयोगीहरूलाई विभिन्न तहमा स्तर निर्धारण भएको जानकारी प्रदान गर्नुका साथै…
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भयो । मन्त्री श्रेष्ठले सन् २०२० देखि नविकरणको प्रकृयामा रहेको रोजगार अनुमति प्रणाली सम्वन्धी द्विपक्षीय…
तोयानाथ उपेक्षित, तीतोपाटी / अहिलेको ५ दलिय गठबन्धन कुन खालको समिकरण हो भनेर बुझन गाहो छैन । एमाले प्रतिको बढदो लोकप्रियताबाट अतालिएका पाँच दलहरु अनेक आरोप र तर्कमा गठबन्धनलाई आवश्यक ठान्छन् । वास्तवमा के साँच्चै उनीहरुले भने जस्तो तपाई पनि देख्नु हुन्छ ? के उनीहरु आफैमा बलिया हुन्थे भने एमालेसँग…
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले आइतबार आयोजना गरेको परिमार्जित पूर्व प्रस्थान अभिमुखिकरण तालिम कार्यान्वयनको अवस्थाबारे सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनिवार्यरुपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने…
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् । सोमबार बसेको गठबन्धनको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै पाँच दलले यस्तो आह्वान गरेका हुन् ।पाँच दलका शीर्ष नेताहरुले वक्तव्यमा देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न समेत आह्वान गरेका छन्…
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेसँगै उनी स्वत: निलम्बनमा परेका हुन् । अर्थ मन्त्रालय स्रोतका अनुसार गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको भन्दै…
नेपाल बार एसोसिएसनको निर्वाचनमा प्रतिपक्षी दल एमाले निकटका कानुन व्यवसायी पराजित भएको छ । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार विजयी हुँदै एमाले बारमा निल हुन पुगेको हो । नतिजा अनुसार काँग्रेस–माओवादीसहित सत्तारुढ गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानलले क्लिन स्वीप गरेको छ । निर्वाचन समितिले सार्वजनिक…
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्य मनोनीत भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ दाहाललाई संविधानको धारा ८६ (२) (ख) बमोजिम मनोनीत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्। राष्ट्रियसभा सदस्य रामनारायण विडारीको पदावधि सकिएपछि उनको ठाउँमा सत्ता साँझेदार माओवादी…
सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा हिजो बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो । सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ । शिफारिस भएका राजदूतहरूको नामावलीः…
![]()