Thursday 14th May 2026

कृषिमा आत्मानिर्भरता र समग्र विकासको लागि मेरो उम्मेदवारी


नेपालमा स्थानीय तहको निर्वाचन यहि बैशाख ३० गते सम्पन्न हुन गइरहेको छ । यस पटकको निर्वाचनमा धेरै युवा वर्ग निर्वाचनमा होमिएका छन् । चाहे सरकारको गठबन्धनको तर्फबाट होस वा एमालेको गठबन्धनबाट होस वा स्वतन्त्र रूपमै किन नहोस हरेक युवाले विभिन्न किसिमले विकासका योजनाहरू लिएर गाउँ गाउँ र घरधरमा पुगेर चुनावको प्रचार प्रसार गरिरहेका छन् । पाल्पाको तानसेन नगरपालिका वडा न. ७ मा पनि सरकार सम्वद्ध गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका युवानेता प्रदिप खनाल वडा अध्यक्ष पदको उम्मेदवारी दिएर स्थानीय चुनावमा होमिएका छन् । यहि स्थानीय निर्वाचनको सेरोफेरोमा रहेर तीतोपाटी डट कम का लागि पाल्पाबाट नारायण कोइरालाले नेपाली काग्रेसका युवानेता, तानसेन नगरपालिका वडा नम्बर सात नेपाली काग्रेसका अध्यक्ष तथा वडा नम्बर सातका वडा अध्यक्षका उमेदवार प्रदीप खनाल संगको कुराकानी।

१ नेपाली काङ्ग्रेसबाट प्रदीप खनालको उमेदवारी किन?

गाउँ टोल र देश विकासको लागि अब युवाहरु जाग्नु पर्छ भन्ने आवाज उठिरहेको अवस्था छ। यस्तो समयमा समग्र वडाको विकासको लागि मैले उमेदवारी दिने मन बनाएँ।जसलाई पार्टीले पनि मोहोर लगायो।एक लाइनमा भन्नुपर्दा समग्र वडाको विकास र सुशासनको लागि नै मेरो उमेदवारी हो।

२ के आधारमा जनता संग भोट माग्दै हुनुहुन्छ?

नेपाली काग्रेस एक ईतिहास बोकेको पार्टी हो। म संग भोट माग्ने आधारहरू प्रसस्त छन। यस क्षेत्रको विकासको लागि निरन्तर लागिपरेको छु। साथीहरुको सहयोग र सहकार्यको तालमेल राम्रो छ।यही सहकार्यलाई निरन्तरता दिएर नमूना वडा बनाउने योजना सहित घर दैलोमा जाँदै छू।

३ तपाईंका भावी योजनाहरू?
वडाको समग्र विकास कसरी गर्ने भन्ने कुराको बारेमा हामी सबै मिलेर छलफल गर्ने छौ।मेरो मुख्य योजना भनेको कृषिमा आत्म निर्भर गरारुनु नै हो। यसको मतलब यो होइन कि बाँकी योजना छैन।वडामा विगतमा सुरु भएका कामहरु बाँकी छन।तिनलाई प्राथमिकताका साथ पूरा गर्ने योजना त छ नै।खेल मैदान देखि लिएर कमल पोखरीको संरक्षण , पर्यटकिय क्षेत्रको विकास तथा सुरु भएका निर्माणका कामहरु निर्विरोध रुमा सञ्चालन गर्ने आदि इत्यादि।

४ भनिन्छ चुनाव पछि नेताहरु गाउँ जनताको भन्दा
आफ्नो विकास गर्छन।यस्तो हुँदैन भन्ने ग्यारेन्टी के?

यो प्रश्न अहिलेको अवस्थामा जायज छ। यो प्रश्नको उत्तरमा म यति मात्र भन्छु, नियत सफा हुनु नै यसको ग्यारेन्टी हो। सुशासन र पारदर्शिता मेरो प्राथमिकतामा रहने छ।

५ तपाईं युवा भएकोले पार्टीका बरिष्ट नेताहरु संग कसरी
तालमेल गर्दै हुनुहुन्छ।
म भाग्यमानी ठान्दछु आफैलाई।सबैको माया, ममता र आशीर्वाद छ मलाई।बरिष्टलाई म सम्मान गर्छु, वहाँहरु साथ सहयोग हमेशा रहने छ। वहाँहरुकै सहयोगबाट यहाँ सम्म पुग्न सफल भएको छु।

६ तपाईंले जित्ने आधार के हुन ?
वडाबासीको म प्रतिको माया , मेरा योजना र पार्टी प्रतिको भरोसा।

८ कि ?पुरानै परम्परा दोहोरिने हो। जो आएपनि उस्तै।

यस्तो अवस्था आउने छैन।नयाँ जोस र जाँगरका साथ हामीले हाम्रो वडालाई नमूना बनाएरै छाड्ने छौ। कृषिमा क्रान्तिको लागि हामी नयाँ योजना बनाउने छौ। बजारीकरणमा विशेष ध्यान दिइनेछ छ।

९ यदि तपाईंले जित्नु भयो भने एक दुई वाक्यमा भन्नु पर्दा के भन्नु हुन्छ।
चुनाव सकिएपछि हाम्रो मुख्य योजना
भनेको कृषि र विकास हो।यसको लागि हामीहरू गुणात्मक काम गरेर देखाउने छौ।

१०युवाहरुको लागि तपाईंको योजना ?

अहिलेको अवस्थामा युवाहरु बिदेसिने लहर नै चलेको छ।यो देशको लागि दुखत हो।यो अवस्था रोक्न वडाबाट नै सक्दो प्रयास गरिने छ। विदेशबाट काम सिकेर आएकालाई सीप अनुसार व्यवसाय गर्न वडाबाट हर सम्भव सहयोग हुनेछ।यस्ता योजनाहरू वडाबाट नै सुरु गर्नुपर्ने सोच छ।सधैं केन्द्रमुखी भयौ भने यो समस्या झन् बढ्ने छ।

११ अन्तमा वडा बासीलाई हजुरको सन्देश के छ।

परिवर्तन चाहिएको छ। युवा एक जुट हौँ। हाम्रालाई होइन राम्रालाई भोट दिउँ।समग्र वडाको विकास लागि यहाँहरुको अमूल्य भोटको अपेक्षा राख्दछु।


सम्बन्धित शीर्षकहरु

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

प्रतिकृयाहरू
...